चितवनको घुर्केश गाउँमा घरबास सञ्चालन « Khabarhub

चितवनको घुर्केश गाउँमा घरबास सञ्चालन


२२ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–२ स्थित घुर्केश गाउँमा सामुदायिक घरबास (होमस्टे) सञ्चालनमा ल्याएको छ ।

पर्यटन प्रवर्द्धनका साथै आयआर्जनमा टेवा पुर्‍याउने उद्देश्यले गाउँपालिकाको आर्थिक सहयोगमा स्थानीयले होमस्टे सञ्चालनमा ल्याएका हुन् ।

होमस्टेको जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले शुभारम्भ गर्दै यसबाट स्थानीयको आयआर्जनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले भने, ‘नजिकै रहेको उपर्दाङ्गगढीमा अध्ययन अवलोकनका लागि पर्यटक आउने गर्छन्, धेरै पर्यटक आउँदा गढीका होमस्टेमा बास नै पाइँदैन ती पर्यटक यहाँ बास बस्न आउँछन् जसले गर्दा स्थानीयको आयआर्जनमा टेवा पुग्छ ।’

गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले इच्छाकामनामा पर्यटन प्रवर्द्धनका साथै स्थानीयको आयआर्जनमा टेवा पुर्‍याउने उद्देश्यले गाउँपालिकाले होमस्टे सञ्चालनमा जोड दिइएको  बताए ।

उनले घुर्केश गाउँमा पर्यटन प्रवर्द्धन कार्यक्रमअन्तर्गत १४ घरमा होमस्टे सञ्चालन गर्न गाउँपालिकाले आर्थिक सहयोग गरेको बताए। होमस्टे प्रवर्द्धन कार्यक्रमले यहाँको पहिचान गुरुङ समुदायको संस्कृति, रीतिरिवाज, रहनसहन, वेशभूषा, आर्थिक आम्दानीलगायतमा टेवा पुर्‍याउने बताइएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०८१, शनिबार  ७ : ५५ बजे

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय

८ जना एआईजीको सरूवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं – सरकारले नेपाल प्रहरीका आठ जना अतिरिक्त प्रहरी महानिरीक्षक

कर्णाली दुर्घटना अपडेट : ६ गोताखोरको टोलीले खोज्दा पनि भेटिएन् गाडी

कर्णाली – कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटना भइ कर्णाली नदीमा

कान्ति लोकपथ राति अस्थायी रूपमा बन्द

ललितपुर – वर्षायामसँगै मनसुन सक्रिय भई विपद्को जोखिम बढ्दै गएपछि