पर्साको तिलावे पुल भत्किएको छ महिना बित्यो, पुनर्निर्माणमा छैन चासो « Khabarhub

पर्साको तिलावे पुल भत्किएको छ महिना बित्यो, पुनर्निर्माणमा छैन चासो


२२ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

वीरगंज– बहुदरमाई नगरपालिकाको बहुअरी गाउँ नजिक रहेको गण्डक नहरको तिलावे पुल भत्किएको छ महिना बितिसक्दा पनि पुनर्निर्माणमा कुनै चासो देखिएको छैन ।

पुल भत्किएपछि आवतजावतमा गम्भीर समस्या उत्पन्न भएको छ । अहिले चिसो मौसममा खोला तरेर हिँड्नुपर्ने बाध्यता रहेको छ भने वर्षायाममा पानीको सतह बढ्दा आवतजावत पूर्ण रूपमा बन्द हुने जोखिम छ ।

गण्डक सिंचाइ परियोजना अन्तर्गत भारत सरकारको सहयोगमा निर्माण भएको यो पुलको आयु ५० वर्ष तोकिएको थियो । पुल भत्किएपछि हाल नदीमा अस्थायी डाइभर्सन बनाइएको छ, तर वर्षायाममा यो व्यवस्था प्रभावकारी नहुने देखिन्छ । सिंचाइ व्यवस्थापन डिभिजन कार्यालय, गण्डकका अनुसार पुल निर्माण बारे सडक विभागले जिम्मेवारी लिने चर्चा भएपनि यस बारे कुनै आधिकारिक निर्णय भएको छैन ।

डिभिजनले सम्बन्धित विभाग र मन्त्रालयलाई पुल पुनर्निर्माण बारे जानकारी गराइसकेको भएपनि हालसम्म कुनै प्रतिक्रिया प्राप्त नभएको जनाएको छ । बहुदरमाई नगरपालिकाका अनुसार नगरपालिकासँग पुल पुनर्निर्माणका लागि आवश्यक बजेट छैन ।

प्रदेश र सङ्घीय सरकारको ध्यानाकर्षण गराए पनि समस्या समाधानमा कुनै प्रगति नभएको स्थानीयको गुनासो छ । स्थलगत निरीक्षणका लागि अधिकारी र जनप्रतिनिधि पुगे पनि पुनर्निर्माण बारे टुङ्गो नलाग्दा समस्या अझै ज्यूँका त्यूँ छ ।

प्रकाशित मिति : २२ मंसिर २०८१, शनिबार  १२ : ३६ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया