मधेस प्रदेशमा धान उत्पादन वृद्धि « Khabarhub

मधेस प्रदेशमा धान उत्पादन वृद्धि


२२ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेस प्रदेशमा चालु आर्थिक वर्षमा १५ लाख दुई हजार चार सय ५८ मेट्रिकटन धान उत्पादन भएको छ । गत आर्थिक वर्षमा १२ लाख ९६ हजार छ सय ७ मेट्रिकटन धान उत्पादन भएको थियो ।

गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा दुई लाख पाँच हजार दुई सय ५१ मेट्रिकटन बढी धान उत्पादन भएको कृषि प्रसार अधिकृत रोशनकुमार मेहताले बताए ।

रोपाइँ र त्यसपछिको समयमा पानी परेको तथा मल र बीउ समयमा नै उपलब्ध भएकाले उत्पादन बढेको उनको तर्क छ । गत वर्षको तुलनामा यस वर्षमा पाँच हजार दुई सय हेक्टर बढी जमिनमा धानखेती गरिएको थियो ।

गत वर्ष प्रतिहेक्टर तीन दशमलव ५० मेट्रिकटन धान उत्पादभएको थियो भने चालु आवमा प्रतिहेक्टर चार मेट्रिकटन उत्पादन भएको छ ।

सबैभन्दा बढी सप्तरीमा तथा सबैभन्दा कम रौतहटमा धान उत्पादन भएको छ । सप्तरीमा दुई लाख ६१ हजार एक सय २० मेट्रिकटन, रौतहटमा एक लाख ५० हजार चार सय ८० मेट्रिकटन, पर्सामा एक लाख ८४ हजार सात सय ४९ मेट्रिकटन, सर्लाहीमा एक लाख ८२ हजार एक सय ६० मेट्रिकटन र धनुषामा एक लाख ६६ हजार दुई सय ६० मेट्रिकटन धान उत्पादन भएको छ ।

यसैगरी, महोत्तरीमा एक लाख ६७ हजार सात सय ७० मेट्रिकटन, सिरहामा दुई लाख नौ हजार पाँच सय २० मेट्रिकटन र बारामा एक लाख ८० हजार तीन सय मेट्रिकटन धान उत्पादन भएको अधिकृत मेहताले जानकारी दिए ।

यसैबीच, जनकपुरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद प्रक्रिया सुरु गरेको जनाएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०८१, शनिबार  १२ : १४ बजे

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी : पहिलो चरणमा छानिए ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत