प्रधानमन्त्रीको चीन भ्रमणप्रति झलनाथको असन्तुष्टि, बीआरआई गिजोलेको गुनासो « Khabarhub

प्रधानमन्त्रीको चीन भ्रमणप्रति झलनाथको असन्तुष्टि, बीआरआई गिजोलेको गुनासो


२२ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले बेल्ट एण्ड रोड इनिसिएटीभ (बीआरआई) को फ्रेमवर्कमा हस्ताक्षर गर्ने क्रममा सरकारले प्रयाप्त ध्यान पुराउन नसकेको बताएका छन्‌ ।

चीन भ्रमणबाट स्वदेश फर्किएपछि शनिबार त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै खनालले बीआरआईबारे पहिले नै अध्ययन गर्नुपर्नेमा चीन पुगेपछि अलमलका साथ सरकारले फ्रेमवर्कमा हस्ताक्षर गरेको बताएका हुन्‌ ।

बीआरआई फ्रेमवकमा हस्ताक्षर गर्नैपर्ने भए पनि त्यसअघि सरकारले नाटक देखाएको खनालले टिप्पणी गरे । उनले बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर भएकोप्रति खुसी पनि व्यक्त गरे ।

छिमेकी देशहरूसँग राम्रो सम्बन्ध बनाउन नसक्नेले अन्य देशहरूसँग पनि राम्रो सम्बन्ध बनाउन नसक्ने खनालले उल्लेख गरे । बीआरआई नेपालको हितमा रहेको दोहोर्‍याउँदै खनालले चीनबाट नेपालमा सडकमार्गबाट सामान ल्याउँदा धेरै कष्ट बेहोर्नुपरेकाले पारवहनबारे सरकारले चीनसँग आवश्यक छलफल अघि बढाउनुपर्ने जिकिर गरे ।

सन्‌ २०१७ मै बीआरआईको सैद्धान्तिक सम्झौतामा हस्ताक्षर गरेको नेपालले सात वर्षपछि गत बुधबार (मंसिर १९ गते) सहकार्य फ्रेमवर्कमा हस्ताक्षर गरेको थियो ।

चीन भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना प्रतिनिधिमण्डललाई चीनसँग बेल्ट एण्ड रोड इनिसिएटीभ (बीआरआई) सहकार्य फ्रेमवर्क सम्झौतामा हस्ताक्षर लगाएका थिए ।

अनुदान अपेक्षा गरिरहेको नेपाल र ऋण देखाइरहेको चिनियाँ अधिकारीहरूबीच बेइजिङमा दुई दिन लामो रस्साकस्सीपछि बुधबार अपराह्न ‘फ्रेमवर्क अफ बीआरआई कोअपरेसन’ मा हस्ताक्षर भएको थियो ।

बीआरआई सहकार्य फ्रेमवर्कमा नेपाल र चीनबीच टोखा–छहरे सुरुङमार्ग, हिल्सा–सिमकोट सडक परियोजना, किमाथांका–खाँदबारी सडक र पुल, जिलोङ–केरुङ–काठमाडौं सीमापार रेलमार्ग, डडेलधुरास्थित अमरगढी सिटी हल, जिलोङ–केरुङ–रसुवागढी चिलिमे २२० केभी सीमापार प्रसारण लाइन, मदन भण्डारी विश्वविद्यालय, काठमाडौं साइन्टिफिक सेन्टर एन्ड साइन्स म्युजियम, दमकस्थित चीन–नेपाल औद्योगिक मित्रपार्क र झापा स्पोर्ट्स एन्ड एथलेक्टिस कम्प्लेक्स गरी १० परियोजना विकास गर्ने सम्झौता भएको हो ।

यो पनि –

नेपाल र चीनबीच बीआरआई सहकार्य ‘फ्रेमवर्क’मा हस्ताक्षर

नेपालको नीतिले नै नचिन्नेगरी चीनसँग बीआरआई फ्रेमवर्कमा हस्ताक्षर

बीआरआईबारे ओली : न ऋण भन्छन्, न अनुदान !

प्रकाशित मिति : २२ मंसिर २०८१, शनिबार  १ : ०७ बजे

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ

ओखलढुंगाको तीनछाँगे झरना पर्यटकको पर्खाइमा

ओखलढुङ्गा- ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका पर्खाइमा

सभामुखकी सासू आमाको निधनपछि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ – सभामखु डिपी अर्यालकी सासू आमाको निधनपछि प्रतिनिधिसभाको बैठक

पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

चितवन– पूर्वी चितवनको रत्ननगरमा पालिएका पशु चौपायमा रेविजको सङ्क्रमण देखिएको

काठमाडौँमा सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ उपत्यकाका सडकमा देखिएका खाल्डाखुल्डी तत्काल पुर्न सडक डिभिजन