प्रधानमन्त्रीको चीन भ्रमणप्रति झलनाथको असन्तुष्टि, बीआरआई गिजोलेको गुनासो | Khabarhub Khabarhub

प्रधानमन्त्रीको चीन भ्रमणप्रति झलनाथको असन्तुष्टि, बीआरआई गिजोलेको गुनासो


२२ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले बेल्ट एण्ड रोड इनिसिएटीभ (बीआरआई) को फ्रेमवर्कमा हस्ताक्षर गर्ने क्रममा सरकारले प्रयाप्त ध्यान पुराउन नसकेको बताएका छन्‌ ।

चीन भ्रमणबाट स्वदेश फर्किएपछि शनिबार त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै खनालले बीआरआईबारे पहिले नै अध्ययन गर्नुपर्नेमा चीन पुगेपछि अलमलका साथ सरकारले फ्रेमवर्कमा हस्ताक्षर गरेको बताएका हुन्‌ ।

बीआरआई फ्रेमवकमा हस्ताक्षर गर्नैपर्ने भए पनि त्यसअघि सरकारले नाटक देखाएको खनालले टिप्पणी गरे । उनले बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर भएकोप्रति खुसी पनि व्यक्त गरे ।

छिमेकी देशहरूसँग राम्रो सम्बन्ध बनाउन नसक्नेले अन्य देशहरूसँग पनि राम्रो सम्बन्ध बनाउन नसक्ने खनालले उल्लेख गरे । बीआरआई नेपालको हितमा रहेको दोहोर्‍याउँदै खनालले चीनबाट नेपालमा सडकमार्गबाट सामान ल्याउँदा धेरै कष्ट बेहोर्नुपरेकाले पारवहनबारे सरकारले चीनसँग आवश्यक छलफल अघि बढाउनुपर्ने जिकिर गरे ।

सन्‌ २०१७ मै बीआरआईको सैद्धान्तिक सम्झौतामा हस्ताक्षर गरेको नेपालले सात वर्षपछि गत बुधबार (मंसिर १९ गते) सहकार्य फ्रेमवर्कमा हस्ताक्षर गरेको थियो ।

चीन भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना प्रतिनिधिमण्डललाई चीनसँग बेल्ट एण्ड रोड इनिसिएटीभ (बीआरआई) सहकार्य फ्रेमवर्क सम्झौतामा हस्ताक्षर लगाएका थिए ।

अनुदान अपेक्षा गरिरहेको नेपाल र ऋण देखाइरहेको चिनियाँ अधिकारीहरूबीच बेइजिङमा दुई दिन लामो रस्साकस्सीपछि बुधबार अपराह्न ‘फ्रेमवर्क अफ बीआरआई कोअपरेसन’ मा हस्ताक्षर भएको थियो ।

बीआरआई सहकार्य फ्रेमवर्कमा नेपाल र चीनबीच टोखा–छहरे सुरुङमार्ग, हिल्सा–सिमकोट सडक परियोजना, किमाथांका–खाँदबारी सडक र पुल, जिलोङ–केरुङ–काठमाडौं सीमापार रेलमार्ग, डडेलधुरास्थित अमरगढी सिटी हल, जिलोङ–केरुङ–रसुवागढी चिलिमे २२० केभी सीमापार प्रसारण लाइन, मदन भण्डारी विश्वविद्यालय, काठमाडौं साइन्टिफिक सेन्टर एन्ड साइन्स म्युजियम, दमकस्थित चीन–नेपाल औद्योगिक मित्रपार्क र झापा स्पोर्ट्स एन्ड एथलेक्टिस कम्प्लेक्स गरी १० परियोजना विकास गर्ने सम्झौता भएको हो ।

यो पनि –

नेपाल र चीनबीच बीआरआई सहकार्य ‘फ्रेमवर्क’मा हस्ताक्षर

नेपालको नीतिले नै नचिन्नेगरी चीनसँग बीआरआई फ्रेमवर्कमा हस्ताक्षर

बीआरआईबारे ओली : न ऋण भन्छन्, न अनुदान !

प्रकाशित मिति : २२ मंसिर २०८१, शनिबार  १ : ०७ बजे

दुर्घटनामा आमाको मृत्यु, छोरी घाइते

भक्तपुर – मध्यपुरथिमि नगरपालिका–२ सानोथिमिस्थित दिव्यश्वरी प्लानिङमा मोटरसाइकल र कार

खैरो हेरोइन ल्याउने र लिन बसेका युवा पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषध खैरो हेरोइन ल्याउने र सो

गोरखामा आगलागी हुँदा तीन घर जलेर नष्ट

गोरखा – गोरखाको चुमनुब्री गाउँपालिका–६, ताजुमा आगलागी हुँदा तीन वटा

स्थानीयको अवरोधले प्रसारण लाइन विस्तारमा ढिलाइ

कालिकोट – स्थानीयले अवरोध गर्दा सुदूरपश्चिमको अछाम जिल्लाबाट कालिकोटसम्म विद्युत्

प्रधानमन्त्री कपः आर्मीले सुदूरपश्चिमलाई हरायो

बैतडी – प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको