देव र बोसिस्टोको अर्धशतकीय पारीमा कर्णालीले दियो विराटनगरलाई १३४ रनको लक्ष्य « Khabarhub

देव र बोसिस्टोको अर्धशतकीय पारीमा कर्णालीले दियो विराटनगरलाई १३४ रनको लक्ष्य


२२ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सले विराटनगर किङ्स सामु १३४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबारको दोस्रो खेलमा कर्णाली याक्सले निर्धारित २० ओभरको खेलमा ९ विकेटको क्षतिमा विराटनगर किङ्स सामु १३३ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

कर्णाली याक्सका लागि देव खनाल र विलियम बोसिस्टोले अर्धशतकीय पारी खेले । देव खनालले ४८ बलमा ५३ रन बनाउँदा विलियम बोसिस्टोले कर्णाली याक्सका लागि ४९ बलमा ६६ रनको योगदान दिए ।

शिखर धवन ५ र चाणविक वाल्टन १ रनमै पभेलियन फर्किएका थिए । यस्तै गुलसन झा १ बल खेलेर बिना कुनै रनमा आउट भएका थिए । कर्णाली याक्सका लागि जिसन मकसुदले ३ बल खेलेर २ रन जोड्दा अर्जुन घर्तीले ४ बलमा मात्र १ रनको योगदान दिए । नन्दन यादव, विपिनप्रसाद शर्मा भने बिना कुनै रन पभेलियन फर्किए ।

विराटनगर किङ्सका लागि प्रतिश जीसीले ४ विकेल लिँदा वसिर अहमद र क्रिस सोलले समान २–२ विकेट लिए । अकिब इलियासले कर्णाली याक्सको १ विकेट झारेका थिए ।

प्रकाशित मिति : २२ मंसिर २०८१, शनिबार  २ : ३६ बजे

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ