देव र बोसिस्टोको अर्धशतकीय पारीमा कर्णालीले दियो विराटनगरलाई १३४ रनको लक्ष्य « Khabarhub

देव र बोसिस्टोको अर्धशतकीय पारीमा कर्णालीले दियो विराटनगरलाई १३४ रनको लक्ष्य


२२ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सले विराटनगर किङ्स सामु १३४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबारको दोस्रो खेलमा कर्णाली याक्सले निर्धारित २० ओभरको खेलमा ९ विकेटको क्षतिमा विराटनगर किङ्स सामु १३३ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

कर्णाली याक्सका लागि देव खनाल र विलियम बोसिस्टोले अर्धशतकीय पारी खेले । देव खनालले ४८ बलमा ५३ रन बनाउँदा विलियम बोसिस्टोले कर्णाली याक्सका लागि ४९ बलमा ६६ रनको योगदान दिए ।

शिखर धवन ५ र चाणविक वाल्टन १ रनमै पभेलियन फर्किएका थिए । यस्तै गुलसन झा १ बल खेलेर बिना कुनै रनमा आउट भएका थिए । कर्णाली याक्सका लागि जिसन मकसुदले ३ बल खेलेर २ रन जोड्दा अर्जुन घर्तीले ४ बलमा मात्र १ रनको योगदान दिए । नन्दन यादव, विपिनप्रसाद शर्मा भने बिना कुनै रन पभेलियन फर्किए ।

विराटनगर किङ्सका लागि प्रतिश जीसीले ४ विकेल लिँदा वसिर अहमद र क्रिस सोलले समान २–२ विकेट लिए । अकिब इलियासले कर्णाली याक्सको १ विकेट झारेका थिए ।

प्रकाशित मिति : २२ मंसिर २०८१, शनिबार  २ : ३६ बजे

दशैँ लागि पोखरा भित्रिन थाले हिमाली भेडा–च्याङ्ग्रा (तस्बिर)

पोखरा– नेपालीहरूको महान् पर्व वडादशैँ नजिकिँदै गर्दा हिमाली जिल्लाबाट भेडा–च्याङ्ग्रा

धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित

बाँके– बाँकेमा फल लाग्ने बेला धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान

कांग्रेस महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौँ– नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या