सिरियामा दुई लाख ८० हजारबढी मानिस विस्थापित  « Khabarhub

सिरियामा दुई लाख ८० हजारबढी मानिस विस्थापित 


२२ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – सिरियाको उत्तरपश्चिम हयात तहरीर अल–श्याम (एचटीएस) को नेतृत्वमा रहेको क्षेत्रमा आक्रमणपछि दुई लाख ८० हजार भन्दा बढी मानिस विस्थापित भएका छन् ।

संयुक्त राष्ट्रसङ्घले ट्वीटरमा साझा गरेको पोस्टमा लेखेको छ, ‘हालैको हिंसामा केही दिनमै उत्तर पश्चिम सिरियामा दुई लाख ८० हजार भन्दा बढी मानिस विस्थापित भएका छन् । राष्ट्रसङ्घले सिरियामा सबैभन्दा कमजोरलाई सहयोग गर्न मानवीय प्रयासहरू बढाउँदैछ ।’

यसैबीच, हजारौं बासिन्दाहरू होम्स शहरबाट भागेका छन् । दमास्कसतर्फ विद्रोहीहरूको अग्रसरतामा त्रास फैलिएको छ ।

सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स (एसओएचआर) ले शुक्रबार हजारौं होम्सका बासिन्दाहरू पश्चिमी किनारतर्फ रातभरि भाग्न थालेका जनाएका छन् । यहाँ सिरियाली राष्ट्रपति बसर अल–असदले अझै पनि नियन्त्रण कायम राखेका छन् ।

बिहीबार उत्तरको हामा सहर कब्जा गरेपछि विद्रोहीहरूले होम्सको चौराहे शहरमा आफ्नो नजर राखेका छन्, जुन कब्जा गरेमा राष्ट्रपति बसर अल–असदको नियन्त्रणमा रहेको क्षेत्र विभाजित हुनेछ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार एक दशक भन्दा बढीको युद्धमा तीन लाख भन्दा बढी नागरिक मारिएका छन्, लाखौं विस्थापित भएका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०८१, शनिबार  २ : ४० बजे

निजी क्षेत्रसँग मिलेर काम गर्न सरकारसँग हुटहुटी छ : सभामुख अर्याल

गण्डकी– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्र बलियो नभई राज्य

सुदूरपश्चिमविरुद्ध लुम्बिनीको शानदार जित

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम

डिजिटल सञ्जालले बदलिँदै हुम्लीको दैनिकी

काठमाडौं– दसैँ घटस्थापनाको दिउँसो अदानचुली गाउँपालिकाको श्रीनगरमा व्यवसायी तिलकबहादुर शाहीको

भक्तपुरका बाटोबाटोमा धान

ख्वप– हिजोआज भक्तपुरमा  फरक दृश्य देख्न सकिन्छ, त्यो हो बाटाबाटोमा धान