दशौं नेपालगञ्ज म्याराथनको उपाधि नेपाली सेनाका खड्कालाई « Khabarhub

दशौं नेपालगञ्ज म्याराथनको उपाधि नेपाली सेनाका खड्कालाई


२२ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दशौं नेपालगञ्ज म्याराथनको उपाधि नेपाली सेनाका खडक बहादुर खड्काले जितेका छन् ।

शनिबार भएको म्याराथन अन्तर्गत ४२ दशमलव १९५ किलोमिटर दुरीको दौडमा उपाधिसँगै खड्काले दुई लाख रुपैयाँ पुरस्कार हात पारेका छन् । नेपाली सेनाकै राजन रोकाय द्वितीय र सेनाकै सुशील कुमार शाही तृतीय भएका छन् ।

द्वितीय भएका रोकायले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् भने तेस्रो स्थान प्राप्त गरेका शाहीले ५० हजार रुपैयाँ पाए । २१ किलोमिटर हाफ म्याराथन धादिङकी सन्तोषी श्रेष्ठले जितेकी छन् ।

उनले लगातार चौथो पटक उपाधि जितेकी हुन् । एपीएफकी पुष्पा भण्डारीलाई पछि पार्दै सागकी स्वर्णपदकधारी श्रेष्ठले फेरि उपाधि जितेकी हुन् । सुर्खेतकी विमला कार्की तृतीय भइन् । प्रथम भएकी सन्तोषीले ७५ हजार, द्वितीय भएकी पुष्पाले ५० हजार र तृतीय स्थान हासिल गरेकी विमलाले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

नेपालगन्ज उपमहानगरपालिकाको गेटबाट सुरु भएको म्याराथन कोहलपुर नगरपालिकादेखि चार किलोमिटर उत्तर बानियाभार पुगेर सोही रुट भई सुरुवाती बिन्दुमा पुगेपछि समापन भएको थियो ।

प्रकाशित मिति : २२ मंसिर २०८१, शनिबार  ३ : ३० बजे

आज २०८३ साल असोज २९ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम