न्यायालयलाई गरिमामय बनाउन सबै जिम्मेवार हुनुपर्छ : प्रधानन्यायाधीश « Khabarhub

न्यायालयलाई गरिमामय बनाउन सबै जिम्मेवार हुनुपर्छ : प्रधानन्यायाधीश


२२ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायालयलाई गरिमामय बनाउन सबैले जिम्मेवार भएर भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

सर्वोच्च अदालतले शनिबार काठमाडौंमा आयोजना गरेको वरिष्ठ अधिवक्ताको प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश राउतले गरिमामय वा स्वच्छ न्यायालयले त्याग, समर्पण, गहिरो अध्ययन लगायतको माग गर्ने भएकाले त्यसका लागि सबै तयार हुनुपर्ने समेत बताए ।

न्यायालयलाई गरिमामय र स्वच्छ बनाउनका लागि आफू तयार रहेको भन्दै उनले त्यसैका लागि सुधारका धेरै प्रयास थालिएको जानकारी दिए । प्रधानन्यायाधीश राउतले टिक्दै नटिक्ने मुद्दाहरूमा वरिष्ठ अधिवक्ताको उपस्थिति देखिए छवि र स्तर प्रस्ट देखिने भएकाले सजक हुन सुझाव दिए।

 अदालतमा पुग्नै नहुने मुद्दा पुग्दा वरिष्ठ अधिवक्ताको छविका साथै अदालतको समय पनि बर्बाद हुने उनको भनाइ छ ।

न्यायालयलाई स्वच्छ बनाउने काममा हातेमालो गर्न उनले वरिष्ठ अधिवक्ताको उपाधि पाएकाहरूलाई आग्रह गरे। वरिष्ठ अधिवक्तो जिम्मेवारी सवैका लागि अनुकरणीय हुनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २२ मंसिर २०८१, शनिबार  ६ : ०१ बजे

ऊर्जा मन्त्रालयमा प्लास्टिकको झोला निषेध

काठमाडौं–  ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयमा प्लास्टिकको झोला निषेध गरेका छन् । 

शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन

काठमाडौं– सरकारले शासकीय सुधारका एक सय कार्यसूचीमार्फत ‘डिजिटल’ शासन र

सुदूरपश्चिमका सांसदहरूसँग छलफलमा प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाका सांसदहरूसँग सोमबारदेखि थालेको छलफललाई

बादलको अध्यक्षतामा एमालेको बैठक, महेश भन्छन् : विरोधका थप कार्यक्रम तय गर्छौँ

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गत शनिबार पक्राउ

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित नौ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट नौ