सामाजिक सञ्जालबाट चरित्रहत्या गरेको अभियोगमा तीनजना पक्राउ | Khabarhub Khabarhub

सामाजिक सञ्जालबाट चरित्रहत्या गरेको अभियोगमा तीनजना पक्राउ


२२ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्रहत्या गरेको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोको टोलीले तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा रौतहट चन्द्रपुर नगरपालिका जुडिवेला घर भएका ३९ वर्षीय कृष्णप्रसाद अधिकारी भन्ने बिहानीबहादुर अधिकारी, चितवन भरतपुर महानगरपालिका–१२ घर भएका ३७ वर्षीय रूपक शर्मा पौडेल र सप्तरी बोदेबरसाइन नगरपालिका–६ फुल्काई घर भएका २४ वर्षीय लक्ष्मण यादव भन्ने जगदीशप्रसाद यादव रहेका केन्द्रीय साइबर ब्यूरोका उपनिर्देशक एवं प्रहरी उपरीक्षक भाग्येन्द्रपुरूष ढकालले जानकारी दिए।

उपरीक्षक ढकालले भने, ‘पक्राउमध्ये कृष्णप्रसाद भन्ने बिहानीबहादुरले ‘फेसबुक’ मा साथी बनी कुराकानीका क्रममा आदानप्रदान गरिएका गोप्य तस्बिरहरू ‘रेकर्ड’ गरी राखेर पीडितका आफन्त तथा साथीहरूको ‘म्यासेन्जर’ मा पठाई चरित्रहत्या गरी दुःख हैरानी दिएको र रूपक शर्माले सामाजिक सञ्जालमा चिनजान भई प्रेम सम्बन्धमा रहँदा आदानप्रदान गरिएका गोप्य तस्बिरहरू पीडकले अश्लील शब्दहरू लेखी पीडितको सम्पर्क नम्बरसहित ‘ह्वाट्स एप ग्रुप’ मा ‘शेयर’ गरी दुःख हैरानी दिएको उजुरीका आधारमा पक्राउ गरिएको हो ।’

यसैगरी, लक्ष्मण यादव भन्ने जगदीशप्रसादले फेसबुकमार्फत चिनजान भई निकट सम्बन्धमा रहँदा खिचिएका तस्बिर तथा रेकर्ड गरिएका भिडियोहरू आफन्त तथा साथीका ‘म्यासेन्जर’मा पठाई चरित्रहत्या गरी दुःख हैरानी दिएको घटनामा साइबर ब्यूरोमा मुद्दा दर्ता भई फरार रहेका उनलाई वैदेशिक रोजागरीका क्रममा कतारमा रही नेपाल फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरको समन्वयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको केन्द्रीय साइबर ब्यूरोले जनाएको छ ।

कृष्णप्रसाद भन्ने बिहानीबहादुर र रूपक शर्माउपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौँबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको र लक्ष्मण यादव भन्ने जगदीशप्रसादलाई आइतबार जिल्ला अदालत काठमाडौँमा पेस गरिने उपनिर्देशक एवं प्रहरी उपरीक्षक ढकालले बताए।

प्रकाशित मिति : २२ मंसिर २०८१, शनिबार  ७ : ११ बजे

गोरखा सैनिक भर्ती पुनः सुरु गर्न भारतीय सेना प्रमुखको आग्रह

काठमाडौं – भारतीय सेना प्रमुख जनरल उपेन्द्र द्विवेदीले नेपाल सरकारसँग

दक्षिण सुडानमा भएको झडपमा कम्तीमा १६ जनाको मृत्यु

जुबा – दक्षिण सुडान पिपुल्स डिफेन्स फोर्स ९एसएसपिडीएफ० र सुडान

वामपन्थी शक्तिलाई एकै ठाउँमा ल्याउने प्रयास भइरहेको छ : माधव नेपाल

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले

दुई सय ९० जना जेष्ठ नागरिकलाई ज्याकेट वितरण

दोलखा – जिल्लाको वैतेश्वर गाउँपालिका वडा नम्बर–१ र ३ का

आवश्यकताका आधारमा संविधान संशोधन गर्नुपर्छ : उपसभापति खड्का

कास्की – नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आवश्यकताका आधारमा संविधान