श्रीलङ्काले खोज्यो ब्रिक्स सदस्यता, रूसमा अपिल गर्ने « Khabarhub

श्रीलङ्काले खोज्यो ब्रिक्स सदस्यता, रूसमा अपिल गर्ने


२२ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – श्रीलङ्काले यसै महिनाको अन्त्यमा रसियामा हुने ब्रिक्स सम्मेलनमा सदस्यता लिन अपिल गर्ने भएको छ । श्रीलङ्काका मन्त्रिपरिषद्का प्रवक्ता विजिता हेरथले आगामी ब्रिक्स सम्मेलनमा आफ्नो देशले सदस्यका लागि आपिल गर्ने बताएका हुन्‌ ।

सन् २०२४ अक्टोबर २२ देखि २४ सम्म रुसको काजानमा ब्रिक्स शिखर सम्मेलन हुँदैछ । राष्ट्रपति अनुरा कुमारा दिसानायकेलाई शिखर सम्मेलनमा सहभागी हुन आमन्त्रण गरिएको भए पनि घरेलु कारणले गर्दा सहभागी हुन नसक्ने हेराथले बताए ।

परराष्ट्र मन्त्रालयका सचिव र अधिकारीहरूको टोलीले शिखर सम्मेलनमा श्रीलङ्काको प्रतिनिधित्व गर्नेछन्, जहाँ देशले औपचारिक रूपमा ब्रिक्स सदस्यता खोज्नेछ ।

श्रीलङ्काले छिट्टै सहयोगका लागि सबै ब्रिक्स राष्ट्रका विदेशमन्त्रीहरूसँग सम्पर्क गर्ने योजना बनाएको हेराथले बताए ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  १० : ४४ बजे

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६