इजरायलबाट विपिनसँगै अपहृत ९७ जनाको अवस्था अझै अज्ञात « Khabarhub

इजरायलबाट विपिनसँगै अपहृत ९७ जनाको अवस्था अझै अज्ञात


२२ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


597
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इजरायलमा प्यालेस्टाइनी विद्रोही समूह हमासले गरेको आक्रमणको एक वर्ष पूरा हुँदा पनि अपहरणमा परेका ९७ जनाको अवस्था अझैसम्म अज्ञात छ ।

हमासको अपहरणमा परेका कञ्चनपुर महेन्द्रनगरका विपिन जोशीसँगै ६ थाई नागरिकसहित ९७ जनाको अवस्था पत्ता लाग्न नसकेको हो ।
थाइल्याण्ड सरकारले आफ्ना ६ नागरिकलाई अझैं पनि विद्रोही हमास समूहले गाजा क्षेत्रमा बन्धक बनाएर राखेको बताएको छ ।

थाइल्यान्ड सरकारलाई उद्धृत गर्दै बीबीसीको हिन्दी अनलाइन संस्करणले थाइ नागरिक वचरा श्रीयुआन, बन्नावत सीथो, साथियान सुवन्नाखम, नट्टापोङ्ग, पिन्टा, पोङ्गसक तन्ना र सुरसाक लाम्नौ हमासको नियन्त्रणमा रहेको जनाएको हो ।

कञ्चनपुरका विपिनलाई इजरायलको किबुज अलुमिमबाट थाइल्यान्डका नागरिकसँगै हमास समूहका लडाकुले बन्धक बनाएर लगेको त्यसअघि उनीसँगै रहेका गोरखाका हिमाञ्चल कट्टेलले काठमाडौं फर्किएर बताएका थिए ।

हमासबाट अपहृत विपिन जोशी ।

सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत कृषि विज्ञान संकायको अन्तिम सेमेस्टरमा अध्ययनरत विपिन ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए ।

गत वर्ष अक्टोबर ७ अर्थात ०८० असोज २० मा गरिएको आक्रमणका क्रममा उनी हमासको अपहरणमा परेका थिए । विद्रोही हमासले इजरायली र विदेशी गरी २५१ जनालाई बन्धक बनाएको थियो ।

अपहरणपछि बेपत्ता पारिएका नेपाली विद्यार्थी विपिनका साथीहरूका अनुसार हमास लडाकुहरूले आक्रमण गर्दा उनी बङ्करमा थिए । विपिनले लडाकु समूहबाट प्रहार भएको एउटा ग्रिनेडलाई हातैले टिपेर बंकरबाहिर फालेर साथीहरूलाई बचाएका थिए ।

बीबीसीको हिन्दी अनलाइन संस्करणले हमासले बन्धक बनाएका व्यक्तिहरूबारे प्रकाशित गरेको समाचारमा विपिनको तस्बिर प्रकाशित छ ।

विपिनबारे समाचारमा लेखिएको छ, ‘२३ वर्षीय नेपाली छात्र विपिन जोशीलाई किबुत्ज अलुमिमबाट अपहरण गरिएको थियो । इजरायली इन्टेलिजेन्सले विपिनको मोबाइल फोन गाजामा फेला परेको उनको परिवारलाई जानकारी दिएको थियो ।’

बीबीसीका अनुसार गएको एक वर्षमा विद्रोही हमासको नियन्त्रणमा रहेका कयौं अपहृतको मृत्यु भइसकेको छ । गत सेप्टेम्बर १ मा इजरायली सेनाले ६ जना अपहरितको शव बरामद गरेको इजरेली डिफेन्स फोर्स (आइडीएफ) ले जानकारी दिएको थियो ।

आइडीएफका अनुसार कार्मेल गेट, ईडन येरुशलमी, हर्श गोल्डबर्ग–पोलिन, अलेक्जेन्डर लोबानोव, अल्मोग सरुसी र मास्टर सार्जेन्ट ओरी डैनिनोको शव फेला परेको थियो । आइडीएफले इजरायली सेना पुग्नुभन्दा केही समय अघि विद्रोही हमासले उनीहरूको हत्या गरेको दाबी पनि गरेको थियो ।

गत अगस्त ८ मा आइडीएफले इब्राहिम मुन्दर, एलेक्स डेन्सिग, यागेव बुचशताब, चेम पेरी, योरम मेट्जगर र नादव पोपवेल नाम गरेको अपहरित नागरिक हमासको नियन्त्रणमै मारिएका जनाएको थियो । आइडीएफले उनीहरूको शव गाजाबाट निकालिएको पनि बताएको थियो ।

नोभेम्बर २०२३ मा इजरायली सैनिकले १९ वर्षीय सिपाही नोआ मार्सियानो र ६५ वर्षीय येहुदित विसको शव गाजा सहरको अल–शिफा अस्पतालनजिकै फेला पारेको थियो ।

डिसेम्बर २०२३ मा इजरायली सेनाको कारबाहीका क्रममा हमासको नियन्त्रणबाट भाग्न सफल भएका तीन जनाको मृत्यु भएको थियो । इजरायली सेनाले भुलवस अपहरणबाट भाग्न सफल ३८ साल योतम हेम, २२ वर्षीय समीर तलाल्का र २६ वर्षीय अलोन शमरिजको मृत्यु भएको भन्दै माफी मागेको थियो ।

बीबीसीले केही अन्य बन्धकहरूको मृत्यु भएको सूचना प्राप्त भए पनि पुष्टि नभएको उल्लेख गरेको छ । बीबीसीका अनुसार शिरी बिबास, उनका दुई बच्चा एरियल र केफरीको मृत्युको पुष्टि हुन नसकेको हो ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  २ : ०८ बजे

तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा पाँच जना पक्राउ

धरान – गत भदौ २४ गते इटहरी इलाका प्रहरी कार्यालयमा

विशेष महाधिवेशनको पक्षको हस्ताक्षर फिर्ता गराउन गगनलाई पूर्णबहादुरको प्रस्ताव, गगनले नटेर्दा बैठक नै सारियो

काठमाडौँ– महाधिवेशनको किचलोमा फसेको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सरिसकेको

मन्त्री कुलमान घिसिङद्धारा निर्माणाधीन संसद भवनको आकस्मिक निरीक्षण

काठमाडौँ- ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र शहरी विकास

सिरियाको इदलिबमा सैन्य सामग्री भण्डारमा विस्फोट, ५ जनाको मृत्यु

दमास्कस – सिरियाको इदलिब प्रान्तको कफ्र तक्हारिम शहरमा बुधबार एक

प्राधिकरणले थाल्यो बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीको दर्ता प्रक्रिया

काठमाडौं- राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार