इजरायलबाट विपिनसँगै अपहृत ९७ जनाको अवस्था अझै अज्ञात « Khabarhub

इजरायलबाट विपिनसँगै अपहृत ९७ जनाको अवस्था अझै अज्ञात


२२ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


597
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इजरायलमा प्यालेस्टाइनी विद्रोही समूह हमासले गरेको आक्रमणको एक वर्ष पूरा हुँदा पनि अपहरणमा परेका ९७ जनाको अवस्था अझैसम्म अज्ञात छ ।

हमासको अपहरणमा परेका कञ्चनपुर महेन्द्रनगरका विपिन जोशीसँगै ६ थाई नागरिकसहित ९७ जनाको अवस्था पत्ता लाग्न नसकेको हो ।
थाइल्याण्ड सरकारले आफ्ना ६ नागरिकलाई अझैं पनि विद्रोही हमास समूहले गाजा क्षेत्रमा बन्धक बनाएर राखेको बताएको छ ।

थाइल्यान्ड सरकारलाई उद्धृत गर्दै बीबीसीको हिन्दी अनलाइन संस्करणले थाइ नागरिक वचरा श्रीयुआन, बन्नावत सीथो, साथियान सुवन्नाखम, नट्टापोङ्ग, पिन्टा, पोङ्गसक तन्ना र सुरसाक लाम्नौ हमासको नियन्त्रणमा रहेको जनाएको हो ।

कञ्चनपुरका विपिनलाई इजरायलको किबुज अलुमिमबाट थाइल्यान्डका नागरिकसँगै हमास समूहका लडाकुले बन्धक बनाएर लगेको त्यसअघि उनीसँगै रहेका गोरखाका हिमाञ्चल कट्टेलले काठमाडौं फर्किएर बताएका थिए ।

हमासबाट अपहृत विपिन जोशी ।

सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत कृषि विज्ञान संकायको अन्तिम सेमेस्टरमा अध्ययनरत विपिन ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए ।

गत वर्ष अक्टोबर ७ अर्थात ०८० असोज २० मा गरिएको आक्रमणका क्रममा उनी हमासको अपहरणमा परेका थिए । विद्रोही हमासले इजरायली र विदेशी गरी २५१ जनालाई बन्धक बनाएको थियो ।

अपहरणपछि बेपत्ता पारिएका नेपाली विद्यार्थी विपिनका साथीहरूका अनुसार हमास लडाकुहरूले आक्रमण गर्दा उनी बङ्करमा थिए । विपिनले लडाकु समूहबाट प्रहार भएको एउटा ग्रिनेडलाई हातैले टिपेर बंकरबाहिर फालेर साथीहरूलाई बचाएका थिए ।

बीबीसीको हिन्दी अनलाइन संस्करणले हमासले बन्धक बनाएका व्यक्तिहरूबारे प्रकाशित गरेको समाचारमा विपिनको तस्बिर प्रकाशित छ ।

विपिनबारे समाचारमा लेखिएको छ, ‘२३ वर्षीय नेपाली छात्र विपिन जोशीलाई किबुत्ज अलुमिमबाट अपहरण गरिएको थियो । इजरायली इन्टेलिजेन्सले विपिनको मोबाइल फोन गाजामा फेला परेको उनको परिवारलाई जानकारी दिएको थियो ।’

बीबीसीका अनुसार गएको एक वर्षमा विद्रोही हमासको नियन्त्रणमा रहेका कयौं अपहृतको मृत्यु भइसकेको छ । गत सेप्टेम्बर १ मा इजरायली सेनाले ६ जना अपहरितको शव बरामद गरेको इजरेली डिफेन्स फोर्स (आइडीएफ) ले जानकारी दिएको थियो ।

आइडीएफका अनुसार कार्मेल गेट, ईडन येरुशलमी, हर्श गोल्डबर्ग–पोलिन, अलेक्जेन्डर लोबानोव, अल्मोग सरुसी र मास्टर सार्जेन्ट ओरी डैनिनोको शव फेला परेको थियो । आइडीएफले इजरायली सेना पुग्नुभन्दा केही समय अघि विद्रोही हमासले उनीहरूको हत्या गरेको दाबी पनि गरेको थियो ।

गत अगस्त ८ मा आइडीएफले इब्राहिम मुन्दर, एलेक्स डेन्सिग, यागेव बुचशताब, चेम पेरी, योरम मेट्जगर र नादव पोपवेल नाम गरेको अपहरित नागरिक हमासको नियन्त्रणमै मारिएका जनाएको थियो । आइडीएफले उनीहरूको शव गाजाबाट निकालिएको पनि बताएको थियो ।

नोभेम्बर २०२३ मा इजरायली सैनिकले १९ वर्षीय सिपाही नोआ मार्सियानो र ६५ वर्षीय येहुदित विसको शव गाजा सहरको अल–शिफा अस्पतालनजिकै फेला पारेको थियो ।

डिसेम्बर २०२३ मा इजरायली सेनाको कारबाहीका क्रममा हमासको नियन्त्रणबाट भाग्न सफल भएका तीन जनाको मृत्यु भएको थियो । इजरायली सेनाले भुलवस अपहरणबाट भाग्न सफल ३८ साल योतम हेम, २२ वर्षीय समीर तलाल्का र २६ वर्षीय अलोन शमरिजको मृत्यु भएको भन्दै माफी मागेको थियो ।

बीबीसीले केही अन्य बन्धकहरूको मृत्यु भएको सूचना प्राप्त भए पनि पुष्टि नभएको उल्लेख गरेको छ । बीबीसीका अनुसार शिरी बिबास, उनका दुई बच्चा एरियल र केफरीको मृत्युको पुष्टि हुन नसकेको हो ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  २ : ०८ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल