विजय र रश्मिकाको बिहे ! « Khabarhub

विजय र रश्मिकाको बिहे !


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साउथ इन्डियन नायक विजय देवरकोंडा र नायिका रश्मिका मन्डन्नाबीच प्रेम रहेको चर्चा नौलो होइन ।

प्रेम सम्बन्धबारे आधिकारिक धारणा नदिए पनि विजय र रश्मिका सामाजिक सन्जालमार्फत विभिन्न ‘होलिडे डेस्टिनेसन’मा रमाइरहेको प्रेमिल तस्वीर सार्वजनिक गर्छन् ।

यस्ता तस्वीर सार्वजनिक भएकाले उनीहरु प्रेम सम्बन्धमा रहेको भन्ने अड्कल काट्नेलाई थप टेवा मिल्दै आएको छ । त्यसमाथि फिल्म क्षेत्रमा सेलिब्रिटीको पर्दा बाहिरको सम्बन्धलाई अझ विशेषरुपमा हेरिन्छ ।

केही समयअघि उनीहरूले माल्दिभ्समा पुगेर प्रेमिल तस्वीर सार्वजनिक गरेका थिए ।

विभिन्न चाडपर्वमा समेत विजयको घरमा रश्मिकाको उपस्थितिले उनीहरु प्रेममा रहेको शंकालाई थप बढवा दिने गरेको छ । रश्मिका विजयको घरमा पुग्नु नियमित दृश्य नै बनेको छ ।

भारतीय सञ्चारमाध्यम न्युज १८ का अनुसार उनीहरूको सम्बन्धले थप उचाइ लिँदैछ । उनीहरू आगामी फेब्रुअरीको दोस्रो हप्तामा इङ्गेजमेन्टका तयारीमा जुटेका छन् । यद्यपि विजय र रश्मिकाले भने यसबारेमा केही प्रतिक्रिया दिएका छैनन् ।

यो समाचार केबल र्‍युमर हो कि साँचो हो, यो भने समयले नै बताउनेछ । यद्यपि उनीहरूले घोषणा गरेको कार्यतालिका अनुसार तोकिएकै समयमा इन्गेजमेन्ट हुने सम्भावना भने कम देखिन्छ ।

विजय र रश्मिको आगामी प्रोजेक्ट
विजय यसबेला आगामी फिल्म ‘फ्यामेली स्टार’को काममा व्यस्त छन् । यो फिल्म चाड र छायांकन ढिलाइले घोषणाअनुसार जनवरीमा प्रदर्शन नहुने भएको छ । सोही कारण निर्माण पक्षले फेब्रुअरीमै प्रदर्शनमा ल्याउने तयारी गरिरहेको छ ।

त्यस्तै, रश्मिकाको कार्यतालिका पनि व्यस्त रहेको छ । उनी अहिले पुष्पा– २ को छायाङ्कनमा व्यस्त छिन् । केही दिन अघि उनी ‘एनिमल’को सफलता मनाउन आयोजना गरिएको पार्टीमा सहभागी हुन् हैदराबादबाट मुम्बई पुगेकी थिइन् ।

यो जोडी आगामी फिल्म भीडी– १२ मा पुनः सँगै देखिँदैछ । गौतम थिन्नानुरीको निर्देशन रहने सो फिल्ममा रश्मिका विजयको जोडीको भूमिकामा देखिने बताइएको छ । यो फिल्मको छायांकन पनि फेब्रुअरीबाटै सुरु हुने बताइएको छ ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ७ : २४ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,