इजरायली सैनिक मारेको हिजबुल्लाहकाे दाबी « Khabarhub

इजरायली सैनिक मारेको हिजबुल्लाहकाे दाबी


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

लेबनान– इरान समर्थित अतिवादी समुह हिजबुल्लाहले इजरायली सैनिक मारेको दाबी गरेको छ ।

हिजबुल्लाहले दिएको जानकारी अनुसार इजरायली शहर मेतुला नजिक इजरायली सैनिक मारिएका हुन् ।

लेबनानी सशस्त्र समूह हिजबुल्लाहले रुवाइसात अल असी साइटमा कोर्नेट मिसाइलले इजरायली ट्याङ्कीलाई निशाना बनाएर नष्ट गरेको दाबी गरेको छ।

समूहले आफ्ना लडाकुहरूले उत्तरी इजरायली सहर मेतुला वरपर इजरायली सैनिकहरूलाई मारेको र घाइते बनाएको पनि बताएको छ ।

इजरायली मिडियाका अनुसार मेतुलाको एउटा घर लेबनानबाट प्रहार गरिएको एन्टिट्याङ्क मिसाइलले प्रहार भएको जनाएको थियो । तर, हिजबुल्लाहको दाबी अनुसार इजरायली सैनिक मारिएको हो कि होइन भन्ने स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

पछिल्लो समयमा लेबनानको सीमाबाट इजरायलमाथि हिजबुल्लाहले निरन्तर हमला गरिरहेको छ । उसले इजरायल समर्थित र उनीहरूको लगानी भएको पानीजहाज र कार्गोमा पनि निरन्तर हमला गरिरहेको छ। 

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  १० : ३४ बजे

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच