चिसोबाट प्रभावित विपन्न समुदायको पहिचान गर्न निर्देशन « Khabarhub

चिसोबाट प्रभावित विपन्न समुदायको पहिचान गर्न निर्देशन


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काभ्रे– दैनिक चिसो बढ्दै गएपछि जिल्ला विपद् व्यवस्थापन समिति काभ्रेपलाञ्चोकले चिसो (शीतलहर तथा हिमपात)बाट प्रभावित हुनसक्ने समुदाय एवं बस्तीको पहिचान गर्न स्थानीय तहलाई निर्देशन दिएको छ ।

पहिचान भएका समुदाय एवं बस्तीमा रहेका व्यक्ति एवं परिवारमध्ये अति विपन्न, सङ्कटापन्न र चिसोबाट जोखिममा पर्नसक्ने परिवारको सदस्य सङ्ख्या तथा घरमूली भए नामसमेत यकिन गरी सात दिनभित्र समितिमा पठाउन स्थानीय तहमा अनुरोध गर्ने आइतबार धुलिखेलको बैठकले निर्णय गरेको हो ।

बैठकले स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना गरी जिल्लास्थित आपतकालीन कार्य सञ्चालन केन्द्रसँग सूचना समन्वय गर्न स्थानीय तहमा अनुरोध गर्ने, सबै स्थानीय तहमा न्यूनतम राहत सामग्री तयारी अवस्थामा राख्ने निर्णय गरेको छ ।

यस्तै, स्थानीय विपद् व्यवस्थापन कोषमा रहेको रकम मापदण्ड कार्यविधि तयार गरी व्यवस्थापन गर्ने र वितरित राहत विवरण जिल्ला विपद् व्यवस्थापन समितिमा जानकारी गराउने, विपद् व्यवस्थापनमा काम गर्ने सङ्घसंस्थाले स्थानीय तहसँग समन्वय गरी कार्य गर्ने, गरेको कामको प्रगति विवरण जिल्ला विपद् व्यवस्थापन समितिमा पठाउनु पर्नेछ ।

२०८० साल माघ २ गते राष्ट्रिय भूकम्प दिवस विविध कार्यक्रम गरी मनाउन सबै स्थानीय तहहरुलाई अनुरोध गर्ने तथा जिल्लास्तरमा विपद् व्यवस्थापन समितिका सदस्य सम्मिलित विविध कार्यक्रम गरी मनाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् ।

उनका अनुसार चिसोबाट प्रभावित हुनसक्ने समुदाय एवं बस्तीलाई आवश्यक पर्ने लत्ताकपडा तथा खाद्यान्नको व्यवस्थापनका लागि स्थानीय तहमा पहिचान गर्न निर्देशन दिइएको हो । काभ्रेपलाञ्चोकमा ६ नगरपालिका र सात गाउँपालिका छन् ।

जिल्ला विपद् व्यवस्थापन कोषमा मौज्दात एक करोड ९३ लाख ९७ हजार सात सय ५१ रहेको छ । चालु आर्थिक वर्षको पुस २१ गतेसम्म पहिरो, आगलागी, हावाहुरीलगायत विपद्का घटनाका पीडित २१ घर–परिवारलाई न्यूनतम पाँच हजारदेखि २० हजारसम्मको क्षतिपूर्ति र मृतक व्यक्तिका आफन्तलाई दुई लाखसमेत गरी चार लाख ६६ हजार उपलब्ध गराइएको बैठकमा जानकारी दिइयो ।

सो अवसरमा स्थानीय तहका प्रमुख एवं जनप्रतिनिधिले आआफ्ना तहमा भएका विपद्जन्य घटनाको व्यवस्थापन तथा गतिविधिबारे प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  १२ : ५३ बजे

भारी वर्षाको कारण जलमग्न सहभागिता मार्ग (तस्बिरहरू)

काठमाडौं– भारी वर्षाको कारण काठमाडौं महानगरपालिका १० सहभागिता मार्ग जलमग्न

सरकारको नयाँ सिस्टमले हैरान युवा, सातादेखि भर्न पाएनन् राहदानीको आवेदन फारम

काठमाडौं- सरकारले नयाँ आर्थिक वर्षसँगै लागु गरेको नयाँ प्रणालीका कारण

जिटुजीमार्फत् खरिद गरेको रासायनिक मल विराटनगरमा

विराटनगर– सरकारले जिटुजीमार्फत् खरिद गरेको रासायनीक मल विराटनगर आउन शुरु

पछिल्लो पाँच वर्षमा सर्वाधिक मुद्दा फैसला गर्ने उच्चका न्यायाधीशमा नरिश्वर पहिलो

काठमाडौं- पछिल्लो पाँच आर्थिक वर्षमा सर्वाधिक मुद्दा फैसला गर्ने उच्च

ककरोच जनता पार्टीसँग भारत सरकारले माग्यो शनिबारसम्मको समय

काठमाडौं- भारतीय सत्तापक्ष र ककरोच जनता पार्टीका प्रतिनिधिहरूबीच दिल्लीस्थित कन्स्टिट्युसन