त्रिविले सच्यायो कार्यविधि, उपकुलपतिका लागि अर्को सूचना (कार्यविधिसहित) « Khabarhub

त्रिविले सच्यायो कार्यविधि, उपकुलपतिका लागि अर्को सूचना (कार्यविधिसहित)


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले उपकुलपति छनोट तथा सिफारिस सम्बधि कार्यविधि सच्याएको छ । खुला प्रतिस्पर्धा मार्फत उपकुलपति नियुक्त गर्ने गरी ल्याइएको कार्यविधिमा बाहिरका उम्मेदवारले प्रतिस्पर्धा गर्न नपाउने भएपछि त्यसको व्यापक विरोध भएको थियो ।

पुस २० गते दरखास्त आह्वान गरिएको सूचनामा विश्वविद्यालयको पदाधिकारी मध्य कुनै एक पदमा तीन वर्ष काम गरेको हुनुपर्ने प्रावधान राखिएपछि यसको विरोध भएको थियो ।

यसको चौतर्फी विरोध भएपछि प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले विज्ञापनमा कसैलाई पनि बन्देज नहुने गरी फराकिलो मापदण्ड राखेर अर्को सूचना प्रकाशन गर्न निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनपछि समितिले यसअघिको सूचना रद्द गरेर दोस्रो पटक दरखास्त आह्वान गरेको हो ।

आज प्रकाशित भएको दोस्रो सूचनामा उपकुलपतिका लागि इच्छुक र योग्य व्यक्तिबाट ‘त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८०’ बमोजिम १५ दिनभित्र दरखास्त दिन भनिएको छ ।

हेर्नुहोस कार्यविधि

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  २ : ०४ बजे

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख