नेपाल विज्ञापन संघको अध्यक्षमा सुदीप थापा  | Khabarhub Khabarhub

नेपाल विज्ञापन संघको अध्यक्षमा सुदीप थापा 


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल विज्ञापन संघ (आन)को अध्यक्षमा सुदीप थापा निर्विरोध चयन भएका छन् ।

संघको २४औँ वार्षिक साधारण सभाले संघको ११ औं केन्द्रीय कार्य समिति निर्वाचित गरेको हो । जसमा पदाधिकारीहरूमा कोषाध्यक्ष बाहेक अन्य पदाधिकारीहरू निर्विरोध निर्वाचित र सदस्य सात जना निर्वाचित भएका हुन् ।

संघको नवनिर्वाचित अध्यक्ष सुदीप थापाको नेतृत्वमा १४ सदस्यीय कार्यसमिति चयन भएको छ । जसमा प्रथम उपाध्यक्षमा उजय शाक्य निर्विरोध निर्वाचित हुँदा द्वितीय उपाध्यक्षमा पंकज लाल प्रधान, महासचिवमा कृष्ण प्रसाद घिमिरे, कोषाध्यक्षमा साजन श्रेष्ठ र सचिवमा सन्तोष खड्का निर्वाचित भएका हुन् ।

यस्तै कार्यसमिति सदस्यमा अरुणकाजी स्थापित, रोशन रेग्मी, आरसी सन्तोष सिलवाल गिरी, दिपेन्द्र पौडेल, विधान राजभण्डारी, रोशन पौडेल, मनिस अधिकारी, र प्रभात रिमाल निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  १ : १४ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग