चितवनमा बोराभित्र शव फेला परेका दुबै जनाको पहिचान खुल्यो « Khabarhub

चितवनमा बोराभित्र शव फेला परेका दुबै जनाको पहिचान खुल्यो


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


53.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चितवनमा बोराभित्र शव फेला परेका पुरूष र महिलाको पहिचान खुलेको छ । चितवन प्रहरीले उनीहरु दुबै जना भारतीय नागरिक रहेको खुलेको जनाएको छ ।

दुबै जना भारतको मोतिहारीका रहेको प्रहरीले जनाएको हो ।

गत मंसिर ६ गते चितवन महानगरपालिका–९ मिलनचोकको कल्भर्टमा बोरा भित्र महिला र पुरुषको शव भेटिएको थियो ।

अन्दाजी २८-३० वर्षका महिला र पुरुषको शव भेटिएको तर पहिचान हुन नसकेपछि प्रहरीले उनीहरुको स्केच सार्वजनिक गरेको थियो ।

हुलिया र स्केच सार्वजनिक गरेको करिब डेढ महिनापछि शवको पहिचान भएको प्रहरीले जनाएको छ । शवको पहिचनासँगै उनीहरुको हत्यामा संलग्न व्यक्तिको समेत पहिचान भएको प्रहरीले जनाएको छ ।

हत्या गर्ने व्यक्ति भारतीय नागरिक नै रहेको र उनी भारतमै अर्को हत्यामा संलग्न रहेको आरोपमा भारतीय प्रहरीले पक्राउ गरेको बताइएको छ । बयानका लागि नेपाल प्रहरीको टोली भारत गएको छ ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  २ : ०३ बजे

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १