गठबन्धन, एमाले र राप्रपाले उम्मेदवारी दिँदा गण्डकीमा आठ उम्मेदवार « Khabarhub

गठबन्धन, एमाले र राप्रपाले उम्मेदवारी दिँदा गण्डकीमा आठ उम्मेदवार


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

कास्की – राष्ट्रियसभा निर्वाचनका लागि गण्डकी प्रदेशमा चार दलबाट आठ जनाको उम्मेदवारी परेको छ ।

गण्डकीमा एमालेले रिक्त तीन वटै पदमा उम्मेदवारी दिएको छ भने सत्ता गठबन्धनबाट नेपाली काङ्ग्रेसले दुई स्थान र नेकपा (माओवादी केन्द्र) ले एक स्थानमा उम्मेदवारी दर्ता गराएका छन् । राप्रपाले दुई सिटमा उम्मेदवारी दर्ता गराएको छ ।

सत्ता गठबन्धनको भागबन्डामा अन्य र अपाङ्ग कोटा पाएको नेपाली काङ्ग्रेसबाट क्रमशः किरणबाबु श्रेष्ठ र अपाङ्गता एवम् अल्पसङ्ख्यकबाट पदमबहादुर परियारले मनोनयन दर्ता गराएका हुन । यस्तै, सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्रले प्रदेशमा महिला क्लस्टरबाट पर्वतकी मनरुपा शर्मालाई उम्मेदवार बनाएको छ ।

नेकपा (एमाले) बाट अन्य क्लस्टरबाट चक्रबहादुर पराजुली, महिलाबाट सम्झना देवकोटा र अपाङ्ग, अल्पसङ्ख्यक क्लस्टरबाट हेमन्द्र शेरचनले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेशको चौथो दल राप्रपाले अन्य र महिला क्लस्टरमा मात्र उम्मेदवारी दिएको छ । राप्रपाबाट रोमबहादुर भण्डारी र गौमाया श्रेष्ठ उम्मेदवार बनेका छन ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ५ : १५ बजे

प्रधानमन्त्री बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा एकजना पक्राउ

काठमाडौं– प्रधानमन्त्री  बालेन (बालेन्द्र) शाहलगायतका नेतालाई  गाली गरेका सामग्री युटुबमा

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?  

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल

प्रधानमन्त्री बालेनको भारत भ्रमणको सहमति भइसकेको परराष्ट्रमन्त्रीको भनाइ : मिति तय गर्न बाँकी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको भारत

कूटनीतिबाट सैन्य लक्ष्य पूरा हुँदैन : इरान

टोकियो– अमेरिका–इरान तनावबीच कूटनीतिक वार्ताको औचित्यमाथि प्रश्न उठाउँदै जापानस्थित इरानी

परराष्ट्रमन्त्रीसँग मरिसस र सिङ्गापुरका मन्त्रीहरूको भेट

काठमाडौं– नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मरिससको राजधानी