अस्ट्रेलियाको ग्रेट ब्यारियर रिफ टापुमा विमान दुर्घटना, १० जना घाइते  « Khabarhub

अस्ट्रेलियाको ग्रेट ब्यारियर रिफ टापुमा विमान दुर्घटना, १० जना घाइते 


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


549
Shares
  • change font
  • change font
  • change font

सिड्नी– अष्ट्रेलियाको ग्रेट ब्यारियर रिफस्थित टापुमा सोमबार विमान दुर्घटना हुँदा १० जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

सोमबार बिहान १० जना सवार विमान केअन्र्सको लागि उडेको केही समयपछि ब्रिसबेनबाट करिब एक हजार छ सय किलोमिटर उत्तरपश्चिममा रहेको लिजार्ड आइल्याण्डको धावनमार्गमा फर्किरहेको अस्ट्रेलियाली पत्रिकाले जनाएको छ ।

आरोहणका क्रममा टाउन्सभिल एयरलाइन्सद्वारा सञ्चालित सेस्ना २०८ को इन्जिनमा प्राविधिक समस्या भएको संकेतपछि चालकले ‘लिजार्ड आइल्याण्ड’मा फर्कने प्रयास गरेको अस्ट्रेलियाको यातायात सुरक्षा ब्यूरोका प्रमुख आयुक्त एङ्गस मिचेलले बताए। 

विमानमा सवारहरूलाई गम्भीर चोटपटक लागेको रिपोर्टहरू मिचेललाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय समाचार वेबसाइट न्युज डट कमकाअनुसार क्वीन्सल्याण्डको सामुदायिक स्वास्थ्य केन्द्र (क्वीन्सल्याण्ड हेल्थ) ले घाइते सबैलाई केअन्र्स अस्पतालमा लगिएको थियो । घाइतेहरूको अवस्था सामान्य रहेको छ ।  

क्वीन्सल्याण्ड एम्बुलेन्स सेवाका ब्रिना किटिङ्ले दुर्घटनामा घाइते भएकामध्ये एक जनाको हातमा तथा अर्काको टाउकोमा गम्भीर चोट लागेको बताए।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ५ : २४ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल