यी हुन बागमतीमा ६ दलबाट उम्मेदवारी दिएका १५ उम्मेदवार « Khabarhub

यी हुन बागमतीमा ६ दलबाट उम्मेदवारी दिएका १५ उम्मेदवार


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रियसभा निर्वाचनका लागि बागमती प्रदेशबाट १५ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।

बागमती प्रदेशमा महिला समूहका लागि ४, दलित समूहका लागि ३, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायका लागि ४ र अन्य समूहका लागि ४ राजनीतिक दलका तर्फबाट १५ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको हो ।

बागमतीमा गठबन्धन दलका कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले उम्मेदवारी दिएका छन् । यस्तै नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीबाट उम्मेदवारी परेको छ ।

बागमती प्रदेश महिला नेकपा एमालेकी रोच कुमारी चौलागाईं, नेपाली कांग्रेसकी विष्णु देवी पुडासैनी, राष्ट्रिय प्रजातन्त्र पार्टीकी बाट कुमारी डल्लाकोटी र नेपाल मजदुर किसान पार्टीकी कृष्ण लक्ष्मी दुवालको उम्मेदवारी परेको छ ।

दलित तर्फ नेकपा एमालेका ध्रुव राज विश्वकर्मा, नेकपा एकिकृत समाजबादीबाट घनश्याम रिजाल, नेपाल मजदुर किसान पार्टीबाट संगिता नेपालीले उम्मेदवारी दिएका छन ।

अपाङ्गता भएको व्यक्ति वा अल्पसङ्ख्यक समुदायको एमालेबाट बिबेक देवकोटा, माओवादी केन्द्रबाट श्रीकृष्ण प्रसाद अधिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भरत मणी भट्ट, नेपाल मजदुर किसान पार्टीबाट हिमालयश्वर लाल मुलको उम्मेदवारी परेको छ ।

अन्यमा नेकपा एमालेबाट त्रिलोचन निर्मल पौडेल, नेपाली काँग्रेसका जित जंग बस्नेत, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हेम जङग गुरुङ र नेपाल मजदुर किसान पार्टीका श्रीकृष्ण महर्जनले उम्मेदवारी दर्ता गराएका छन ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ५ : ३५ बजे

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका