बायोमेट्रिक प्रणाली हटाउन माग  « Khabarhub

बायोमेट्रिक प्रणाली हटाउन माग 


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगारीका लागि साउदी अरब जाने व्यक्तिका लागि अनिवार्य गरिएको बायोमेट्रिक प्रणाली हटाउन माग गरेको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले साउदी अरब दूतावास काठमाडौंले कामदारलाई समय र पैसा दुवैको भार पार्ने गरि अनिवार्य गरेको बायोमेट्रिक प्रणाली कूटनीतिक पहल गरि हटाउन माग गरेको हो । 

संघका अध्यक्ष राजेन्द्र भण्डारीले बायोमेट्रिक प्रणाली साउदी अरबमा अनिवार्य नभएपनि नेपाली कामदारलाई अनावश्यक आर्थिक भार बोकाउने प्रणाली हटाउनुपर्ने बताए । संघले वैदेशिक रोजगारीमा जाने कामदारलाई लागू गर्न खोजिएको अनिवार्य परीक्षाको औचित्य नहेरी भार बढाउने हुँदा खारेज गर्नुपर्ने माग राखेको छ । 

त्यस्तै निशुल्क तालिमका नाममा बनाइएको कार्यविधिको अनावश्यक मापदण्ड हटाउन पनि महासंघले माग गरेको छ भने मानव तस्करी र  विचौलियालाई फाइदा पुग्ने गरि प्रदान भइरहेको व्यक्तिगत श्रम स्वीकृति बन्द गरि संलग्नमाथि छानविन गरि कारवाही हुनुपर्ने अध्यक्ष भण्डारीले बताए । उनले वैदेशिक रोजगारलाई मर्यादित र कामदारलाई वास्तविक लागत खर्चमा पठाउन खर्च शीर्षक निर्धारण गर्नुपर्ने उल्लेख गरे ।

संघले वैदेशिक रोजगार ऐन २०६४ लाई समयसापेक्ष परिमार्जन गर्न संघसंग छलफल गरि मन्त्रालयले यथाशीघ्र कार्य प्रारम्भ गर्नुपर्ने जनाएको छ । आफ्ना मागहरू राज्यकातर्फबाट सम्बोधन नभए आन्दोलनको घोषणा गरि कामदार पठाउन असक्षम रहने चेतावनी संघले जनाएको छ ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ५ : ३८ बजे

४२ वर्षे सैनिक अनुभव कूटनीतिक सेवामा लगाउँछु : राजदूत शमशेर

काठमाडौं– संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्तावित राजदूत गौरव शमशेर

रुसले ऊर्जा युद्धविराम पालना नगरे जबाफी कदम चाल्ने युक्रेनको चेतावनी

 काठमाडौँ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा

एउटा मात्र उद्योग भए पनि संरक्षण र प्रवर्द्धन गर्नु सरकारको दायित्व हो : सभापति अन्सारी

मोरङ – प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कांग्रेसको १५औं महाधिवेशनपछि यस्तो देखियो खुलामञ्चको घाँसे मैदान (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आयोजना गरिएको खुलामञ्चको घाँसे

अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने !

काठमाडौं– नयाँ तथा पुराना सवारी साधनको दर्ता र नामसारी प्रक्रियालाई