इलाम स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाको प्रक्रिया अगाडि बढाउन छलफल « Khabarhub

इलाम स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाको प्रक्रिया अगाडि बढाउन छलफल


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इलाम स्वास्थ्य विज्ञान प्रतिष्ठान (मेडिकल कलेज) इलाममा स्थापना गर्नको लागि प्रक्रिया अगाडि बढाउने विषयमा छलफल भएको छ । 

पूर्वप्रधानमन्त्री झलनाथ खनालको निवास डल्लुमा सो विषयमा छलफल भएको हो  ।  

इलाम स्वास्थ्य विज्ञान प्रतिष्ठान काम चाँडो प्रक्रियामा लगी टुङ्गोमा पुर्‍याउन पूर्व प्रधानमन्त्री खनाल, नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य  धिरेन शर्मा (रमण),इलाम नगरपालिकाका नगर प्रमुख केदार थापा र अधिवक्ता समीप घिमिरे र समाजसेवी भवानी खनालको उपस्थितमा छलफल भएको थियो। 

२०८० असार महिनामा पनि पूर्वप्रधानमन्त्री झलनाथ खनालको नेतृत्वमा इलामको टोली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको  थियो। 

त्यसपछि पूर्व प्रधानमन्त्री खनालको निरन्तर पहलकदमीका साथ प्रक्रिया अघि बढ्दै गएको छ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ७ : ०४ बजे

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ