उपभोक्ता ठग्ने दुई व्यापारीलाई साढे २ लाख जरिवाना | Khabarhub Khabarhub

उपभोक्ता ठग्ने दुई व्यापारीलाई साढे २ लाख जरिवाना


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता ठग्ने आरोपमा दुई व्यापारिक फर्मलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको छ।

बजार अनुगमनका क्रममा विभिन्न बाहानमा उपभोक्ता ठगेको पाइएपछि दुई वटा फर्मलाई जम्मा २ लाख ५० हजार रुपैयाँ जरिवाना तिराइएको विभागले जनाएको हो।

विभागले नयाँ बानेश्वको कस्मेटिक पसललाई २ लाख जरिवाना तिराएको आनन्दराज पोखरेलले जानकारी दिए। उक्त पसलले रिलेवलिङ गरेको गुणस्तरहीन सामाग्रीको व्यापार गर्नुका साथै कम परिमाणको वस्तुलाई महँगो मूल्यमा बेचेको पाइएपछि विभागले कारबाही गरेको जनाएको छ।

यस्तै, नयाँ बानेश्वरकै रेडिमेड तथा थान कपडा पसललाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ। पसलले मूल्यसूची र दर्ता प्रमाणपत्र नराखेको पाइएको विभागले जनाएको छ।

आज विभागले नयाँ बानेश्व क्षेत्रका ५ व्यापारिक फर्ममा अनुगमन गरेको थियो।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ७ : २४ बजे

शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय

फाइनलमा आज सिंगापुरसँग भिड्दै नेपाल

काठमाडौं – नेपाल मलेसियामा जारी एसिसी मेन्स यु-१६ इस्ट जोन

साउनदेखि नियुक्त हुने सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने

काठमाडौं – सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार २१ गते शनिबार। असार

आज २०८२ साल असार २१ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २१ गते शनिबार। असार