राष्ट्रिय सभाको टिकट वितरण न्यायोचित भएन : कोइराला « Khabarhub

राष्ट्रिय सभाको टिकट वितरण न्यायोचित भएन : कोइराला


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राष्ट्रियसभा निर्वाचनका लागि पार्टीभित्र न्यायोचित टिकट वितरण नभएको बताएका छन् ।

सोमबार सामाजिक सञ्जालमार्फत कोइरालाले न्यायोचित टिकट वितरण गर्न पार्टी निणर्य असमर्थ रहेको बताएका हुन् ।

उनले लेखेका छन्, ‘ न्यायोचित टिकट बितरण गर्न असमर्थ पार्टी निणर्यमा मैले गल्ती–कमजोरी गरेको रहेछु भने म त्यसलाई स्वीकार्दै साथीहरुको सल्लाह र सुझावबाट भबिष्यमा अगाडी बढ्ने प्रण गर्दछु । मेरो अभियान पार्टीमा अवसरको न्यायोचित बितरण होस् भन्ने नै हो ।’

साथै उनले पार्टीबाट छानिएका उमेदवारलाई जिताउन आग्रह गरेका छन् । उम्मेदवार चयन प्रक्रिया सहज नभएको भन्दै कोइरालाले सिमित सिटका कारण पार्टीका सक्षम नेताहरुलाई न्याय गर्न चाहेर पनि सम्भव नभएको उल्लेख गरेका छन् ।

‘सत्ता गठबन्धनमा आवद्ध दलहरुबाट राष्ट्रिय सभामा उम्मेदवारी दर्ता गराउनु भएका सबैलाई जिताउनु पर्ने अभिभारा पनि हामीसँग छ । राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयन प्रक्रिया सहज थिएन । कांग्रेस जस्तो लामो ईतिहास भएको संघर्षशील पार्टीमा धेरै निष्ठावान, निःस्वार्थ, योग्य र सक्षम आकांक्षी साथीहरुको सुची लामो थियो । यसर्थ सिमित सिटका कारण पार्टीका साथीहरुलाई न्याय गर्न चाहेर पनि सम्भव भएन’ उनले लेखेका छन् ।

यस्तै कोइरालाले सत्ता गठबन्धनमा आवद्ध दलहरुबाट राष्ट्रिय सभामा उम्मेदवारी दर्ता गराएका सबै उम्मेदवारलाई जिताउनु पर्ने बताएका छन् ।  सत्ता गठबन्धनबाट कांग्रेसले प्राप्त गरेको १० सिटमध्ये कोइराला पक्षले तीन सिट प्राप्त गरेको थियो ।

यो पनि…

राष्ट्रियसभा उम्मेद्वार चयनमा कांग्रेस महामन्त्री थापाको फरक मत के हो ?

कांग्रेस संसदीय बोर्डमा महामन्त्री शर्माको ६ बुँदे विमति

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ७ : ४३ बजे

गोकर्ण जङ्गलको वनदेवीमा दर्शनार्थीको लाम

काठमाडौँ- वर्षमा एकपटक शारदीय नवरात्रमा मात्र सर्वसाधारण भक्तजनलाई पूजा, आराधना

सरकारलाई मिराजको आग्रह : ‘मध्यरात होइन, दशैँपछि दिउँसै गिरफ्तार गर्नू’

काठमाडौं- जेन-जी अगुवा मिराज ढुंगानाले आफूलाई मध्यरातमा नभई दशैँपछि दिउँसै

इजिप्टमा बस र ट्रक ठोक्किँदा १२ जनाको मृत्यु, ३० घाइते

कायरो- इजिप्टको राजधानी कायरोको दक्षिणपश्चिममा बस र ट्रक आपसमा ठोक्किँदा

मैतीदेवीको झिलिमिलीमा रमाउँदै सर्वसाधारण

काठमाडौँ- बडा दशैंको अवसरमा काठमाडौँको मैतीदेवी मन्दिरमा पूजाआजा गर्न आउने

काइलीले करोडौँ डलरको ‘ब्रा’ लगाएपछि…

काठमाडौं- अमेरिकी रियालिटी टीभी स्टार एवम् मेकअप उद्यमी काइली जेनरले