राष्ट्रिय युवा प्रतिभा सम्मानका लागि सिफारिस आह्वान « Khabarhub

राष्ट्रिय युवा प्रतिभा सम्मानका लागि सिफारिस आह्वान


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय युवा प्रतिभा सम्मानका लागि सिफारिस गर्न आह्वान गरेको छ ।

मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी आर्थिक वर्ष २०८०/८१ मा प्रदान गरिने राष्ट्रिय युवा प्रतिभा सम्मानका लागि सिफारिससहित आवेदन पेस गर्न आह्वान गरेको हो ।

मन्त्रालयले सम्मानका लागि समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका योग्य नेपाली युवा नागरिक, युवा समूह तथा युवा सङ्घसंस्थाको राष्ट्रिय युवा प्रतिभा सम्मान कार्यविधि, २०७२ (संशोधनसहित) अनुसारको विवरण र सोलाई पुष्टि गर्ने कागजात पेस गर्न भनेको छ ।

यस्तै, कार्यविधिको अनुसूची २ बमोजिम सिफारिससहित अनुसूची १ (क) वा १ (ख) अनुसारको आवेदन उक्त सूचना प्रकाशित भएको तीस दिनभित्र मन्त्रालयमा दर्ता गराउन आग्रह गरेको छ ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ८ : २५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको