राष्ट्रिय युवा प्रतिभा सम्मानका लागि सिफारिस आह्वान | Khabarhub Khabarhub

राष्ट्रिय युवा प्रतिभा सम्मानका लागि सिफारिस आह्वान


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय युवा प्रतिभा सम्मानका लागि सिफारिस गर्न आह्वान गरेको छ ।

मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी आर्थिक वर्ष २०८०/८१ मा प्रदान गरिने राष्ट्रिय युवा प्रतिभा सम्मानका लागि सिफारिससहित आवेदन पेस गर्न आह्वान गरेको हो ।

मन्त्रालयले सम्मानका लागि समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका योग्य नेपाली युवा नागरिक, युवा समूह तथा युवा सङ्घसंस्थाको राष्ट्रिय युवा प्रतिभा सम्मान कार्यविधि, २०७२ (संशोधनसहित) अनुसारको विवरण र सोलाई पुष्टि गर्ने कागजात पेस गर्न भनेको छ ।

यस्तै, कार्यविधिको अनुसूची २ बमोजिम सिफारिससहित अनुसूची १ (क) वा १ (ख) अनुसारको आवेदन उक्त सूचना प्रकाशित भएको तीस दिनभित्र मन्त्रालयमा दर्ता गराउन आग्रह गरेको छ ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ८ : २५ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता