एसपी विश्वराज खड्कासहित तीन प्रहरीमाथि विभागीय कारवाहीको सिफारिस « Khabarhub

एसपी विश्वराज खड्कासहित तीन प्रहरीमाथि विभागीय कारवाहीको सिफारिस

आरती साहको पोष्टमार्टममा तीनजना चिकित्सकले लापरवाही गरेको ठहर


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


564
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले नेपाल प्रहरीका एसपी विश्वराज खड्कासहित तीनजना प्रहरी अधिकारीमाथि विभागीय कारवाही गर्न सरकारसमक्ष सिफारिस गरेको छ ।

विभागीय कारवाहीका लागि सिफारिस गरिएका प्रहरी अधिकारीहरुमा एसपी खड्कासहित नेपाल प्रहरीका डीएसपी वेदप्रसाद गौतम र इन्स्पेक्टर दिनेश अधिकारी छन् ।

तीनैजना प्रहरी अधिकारीले धनुषा जिल्ला प्रहरी कार्यालयमा आरती साहको हत्या सम्बन्धी घटनाको जाहेरी लिन नमानेको र अनुसन्धानमा लापरवाही गरेको मानवअधिकार आयोगको ठहर छ ।

आयोगले आइतबार सरकारलाई बुझाएको ६ पृष्ठ लामो प्रतिवेदनमा उनीहरुमाथि विभागीय कारवाही गर्न सिफारिस गरिएको हो ।

त्यसैगरी मृतक आरती साहको पोष्टमार्टम कार्यमा संलग्न चिकित्सकहरुले पनि लापरवाही गरेको आयोगको ठहर छ । साहको पोष्टमार्टम कार्यमा संलग्न चिकित्सकहरु डा. अवधेशकान्त झा, डा. दिग्विजय ठाकुर र डा. दीपेन्द्रकुमार सिंहले समेत लापरवाहीजन्य कार्य गरेको आयोगले प्रतिवेदनमा उल्लेख गरेको छ ।

मानवअधिकार आयोगले तीनजना प्रहरी अधिकारीलाई विभागीय कारवाही गर्न सरकारलाई सिफारिस गरेको छ भने चिकित्सकको हकमा मेडिकल काउन्सिलले सचेत गराउँदै अन्तिम चेतावनी दिइसकेको हुनाले आगामी दिनमा लापरवाहीजन्य कार्य नगर्न र सही दस्तावेजीकरण गर्न गराउन निर्देशन दिन सरकारलाई भनेको छ ।

विस्तृत समाचार यहाँ पढ्नुहोस्

आरती साहको पक्षमा प्रदर्शन गर्ने अभियन्ता पक्राउ

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ९ : १२ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस