जाम्बियामा हैजाको प्रकोप, दुई सय २२ जनाको मृत्यु « Khabarhub

जाम्बियामा हैजाको प्रकोप, दुई सय २२ जनाको मृत्यु


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

लुसाका – जाम्बियामा हैजाबाट मृत्यु हुनेको सङ्ख्या २२२ जना पुगेको छ । गत वर्षको अक्टोबरमा हैजाको महामारी फैलिएपछि यसको सङ्क्रमणको कुल सङ्ख्या ५ हजार ४६२ पुगेको छ।

पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ भने ५६७ जना नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ ।

मन्त्रालयका अनुसार सोही अवधिमा ३४० जना निको भई घर फर्किएका छन् यसका साथै निको भएर घर फर्किनेको सङ्ख्या ४ हजार १७२ पुगेको छ । त्यसैगरी सङ्क्रमित मध्ये अस्पताल भर्ना हुन बाँकीको सङ्ख्या १ हजार ५९ छ ।

स्वास्थ्य मन्त्रालयको दैनिक अपडेटअनुसार देशका १० प्रदेशमध्ये सात प्रदेशमा प्रभावित जिल्लाको सङ्ख्या ३१ पुगेको छ । हैजाबाट राजधानी लुसाका सबैभन्दा बढी प्रभावित भएको छ। मन्त्रालयले चीनद्वारा निर्मित नेशनल हिरोज स्टेडियमलाई हैजा उपचार केन्द्रको रूपमा तोकेको छ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ९ : ३२ बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा