जाम्बियामा हैजाको प्रकोप, दुई सय २२ जनाको मृत्यु | Khabarhub Khabarhub

जाम्बियामा हैजाको प्रकोप, दुई सय २२ जनाको मृत्यु


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

लुसाका – जाम्बियामा हैजाबाट मृत्यु हुनेको सङ्ख्या २२२ जना पुगेको छ । गत वर्षको अक्टोबरमा हैजाको महामारी फैलिएपछि यसको सङ्क्रमणको कुल सङ्ख्या ५ हजार ४६२ पुगेको छ।

पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ भने ५६७ जना नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ ।

मन्त्रालयका अनुसार सोही अवधिमा ३४० जना निको भई घर फर्किएका छन् यसका साथै निको भएर घर फर्किनेको सङ्ख्या ४ हजार १७२ पुगेको छ । त्यसैगरी सङ्क्रमित मध्ये अस्पताल भर्ना हुन बाँकीको सङ्ख्या १ हजार ५९ छ ।

स्वास्थ्य मन्त्रालयको दैनिक अपडेटअनुसार देशका १० प्रदेशमध्ये सात प्रदेशमा प्रभावित जिल्लाको सङ्ख्या ३१ पुगेको छ । हैजाबाट राजधानी लुसाका सबैभन्दा बढी प्रभावित भएको छ। मन्त्रालयले चीनद्वारा निर्मित नेशनल हिरोज स्टेडियमलाई हैजा उपचार केन्द्रको रूपमा तोकेको छ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ९ : ३२ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग