पासाङल्हामु राजमार्ग स्तरोन्नति चाँडै सुरु हुन्छ : अर्थमन्त्री महत | Khabarhub Khabarhub

पासाङल्हामु राजमार्ग स्तरोन्नति चाँडै सुरु हुन्छ : अर्थमन्त्री महत


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

नुवाकोट – अर्थमन्त्री डा प्रकाशरण महतले नुवाकोटलाई काठमाडौँसँग जोड्ने पासाङल्हामु राजमार्गको स्तरोन्नति प्रक्रिया चाँडै अघि बढ्ने बताएका छन् ।

नुवाकोटको बेलकोटगढी नगरपालिका–११ मा रहेको पञ्चकन्या माविको ४८औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै अर्थमन्त्री डा महतले सो सडकको स्तरोन्नतिका क्रममा जीर्ण भएको सडक एक वर्षभित्र चरणबद्ध रुपमा ठेक्का लगाइसक्ने प्रतिबद्धता जनाए ।

त्रिशूलीदेखि ककनी हुँदै बालाजु जोड्ने ७२ किलोमिटर सडकको काठमाडौँतर्फ निर्माण सम्पन्न भइसकेकाले नुवाकोटतर्फको सडकलाई दुई चरणमा ठेक्का लगाउन लागिएको उनको भनाइ छ ।

“काठमाडौंको तीनपिप्लेदेखि नुवाकोटको ककनीसम्म रु एक अर्ब ३३ करोड बजेट सुनिश्चित गरेर बहुवर्षीय ठेक्का लगाइसकेको छ”, अर्थमन्त्री महतले भने, “ककनीदेखि पीपलटारसम्मको सडक यसअघिको ठेक्काबाट बच्ने रकममा सम्बोधन हुनसक्छ । त्यसो नभए आगामी आर्थिक वर्षको बजेट छुट्याएर काम सुरु हुन्छ भन्नेमा ढुक्क हुनुहोस् ।”

विसंं २०१८ मा विस्तार भएको नुवाकोट र रसुवा जोड्ने पासाङल्हामु राजमार्ग विसं २०७१ मा एक लेनबाट दुई लेन बनाउनका लागि ठेक्का लगाइएको थियो । उक्त समयमा यसअघि गरिएको कालोपत्र खनेपश्चात् निर्माण व्यवसायीले काम नगरेपछि सरकारले ठेक्का तोडेको थियो । सञ्चालन अवस्थामा रहेको सडक स्तरोन्नतिका लागि जीर्ण बनाएसँगै पछिल्लो एक दशकदेखि यस सडकमा आउजाउ गर्न समस्या भएको थियो ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ११ : १२ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय