चुँदीरम्घालाई साहित्यिक पर्यटकीयस्थल बनाइँदै « Khabarhub

चुँदीरम्घालाई साहित्यिक पर्यटकीयस्थल बनाइँदै


२५ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

तनहुँ– नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मस्थलमा साहित्य उद्यान निर्माणको प्रक्रिया अगाडि बढाइएको छ । भानु नगरपालिकाले भानु–४ चुँदीरम्घामा साहित्य उद्यान निर्माणको काम अगाडि बढाइएको हो ।

चुँदीरम्घालाई साहित्यिक पर्यटकीयस्थलको रुपमा विकास गर्ने उद्देश्यसहित  नगरपालिकाले साहित्य उद्यानको काम अगाडि बढाएको नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए ।

यसका लागि सङ्घीय सरकारले पाँच करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्रालयले उद्यान निर्माणका लागि केही दिन अगाडि सो रकम उपलब्ध गराएको हो  ।

उनले भने, ‘राष्ट्रपति रामचन्द्र पौडेलले यस ठाउँको विकासका लागि चासो राखेका छन् । उहाँकै साथ र सहयोगमा साहित्य उद्यानको कामलाई अगाडि बढाउन लागिएको हो ।’ उक्त बजेटबाट जग्गा अधिग्रहण, गुरुयोजना निर्माण र साहित्यिक स्रष्टाको सालिक निर्माणको काम गरिने जनाइएको छ ।

नगरप्रमुख त्रिपाठीका अनुसार सुरुमा जग्गा अधिग्रहणको काम हुनेछ । यसपश्चात् गुरुयोजना निर्माण गरी  उद्यानको काम अगाडि बढ्ने  छ । उनले भने, ‘भानुभक्तको जन्मथलो ओझेलमा परिरहेको छ । यस ठाउँमा साहित्य उद्यान निर्माण गरेर पर्यटकीय गन्तव्यस्थल बनाउने मुख्य लक्ष्य हो ।’

साहित्य उद्यान निर्माणपछि आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सहज हुने उपप्रमुख उमा गोतामेले बताइन् । उनका अनुसार उद्यानका लागि ८६ रोपनी जग्गा अधिग्रहण गरिनेछ ।

उद्यान समितिका अध्यक्ष डा. जयराज आचार्यले समितिले उद्यान निर्माणको लागि आवश्यक परामर्श, रेखदेख र योजनासहित नगरपालिकालाई सहयोग गर्ने बताए ।

आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले तीनवटै तहको सरकारको सहयोगबाट भानु जन्मस्थलको विकास सम्भव रहेको उल्लेख गरे ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार  ७ : ४२ बजे

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

प्रभु बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि