नाइजेरिया र आइभरी कोष्ट अफ्रिकन कपको फाइनलमा « Khabarhub

नाइजेरिया र आइभरी कोष्ट अफ्रिकन कपको फाइनलमा


२५ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नाइजेरिया र आइभरी कोष्ट अफ्रिकन कप अफ नेसन्सको फाइनलमा पुगेका छन् ।

गएराती सम्पन्न सेमिफाइनल खेलमा आइभरी कोष्टले डिआर कंगोलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

यस्तै, अर्को सेमिफाइनलमा नाइजेरियाले दक्षिण अफ्रिकालाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि सो खेल ३० मिनेटको अतिरिक्त समयमा धकेलिएको थियो ।

अतिरिक्त समयमा कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।

अब फाइनलमा नाइजेरिया र आइभरी कोष्ट आगामी सोमबार खेल्ने छन् । त्यस्तै सेमिफाइनलमा पराजित भएका दक्षिण अफ्रिका र डिआर कंगो तेस्रो स्थानको लागि खेल्ने छन्।

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार  ८ : २१ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको