पाकिस्तानमा आज आम निर्वाचन, ६ लाख ५० हजार सुरक्षाकर्मी परिचालन | Khabarhub Khabarhub

पाकिस्तानमा आज आम निर्वाचन, ६ लाख ५० हजार सुरक्षाकर्मी परिचालन


२५ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद– पाकिस्तानमा आज आम निर्वाचन हुँदैछ । निर्वाचनका लागि करिब ६ लाख ५० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

पाकिस्तानको निर्वाचन आयोगका अनुसार कुल १२ करोड ८५ लाख ८५ हजार ७६० जना मतदान गर्न योग्य रहेका छन् । राष्ट्रियसभा वा संसदको तल्लो सदनमा २६६ सिटका लागि ४ हजार ८०७ पुरुष, ३१२ महिला र दुईजना तेस्रोलिङ्गी गरी ५ हजार १२१ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।

चार प्रदेश सभाका ५९३ सिटका लागि १२ हजार १२३ पुरुष, ५७० महिला र दुई तेस्रोलिङ्गी गरी १२ हजार ६ सय ९५ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

निर्वाचन आयोगले देशभर ९ लाख ७ हजार ६ सय ७५ मतदान केन्द्र स्थापना गरेको छ । जसमा पुरुषका लागि २५ हजार ३२०, महिलाका लागि २३ हजार ९५२ र अन्य ४१ हजार ४०३ मिश्रित मतदान केन्द्र रहेका छन् ।

निर्वाचन आयोगका अनुसार ४४ हजार मतदान केन्द्र सामान्य छन् भने २९ हजार ९ सय ८५ संवेदनशील र १६ हजार ७६६ अति संवेदनशील भनेर छुट्याइएको छ । आतङ्ककारी समूहको आक्रमणको खतरालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ ।

 

 

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार  ८ : ३७ बजे

रास्वापाले बाटो मोडिसक्यो, दरिलो प्रतिपक्षी हुन्छ : डीपी अर्याल 

काठमाडौं –राष्ट्रिय स्वतन्त्र  पार्टी (रास्वपा)ले अब दरिलो प्रतिपक्षी हुने दाबी

एक वर्षको अवधिमा सर्पको टोकाइबाट १० जनाको मृत्यु

घोराही– यही असार १२ गते दिउँसो घर नजिकै बारीमा घाँस

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ। पार्टी

उत्तरी भियतनाममा पहिरोमा पुरिएर ७ जनाको मृत्यु

काठमाडौं– उत्तरी भियतनाममा पहिरोले भ्यान पुरिँदा सात जनाको मृत्यु भएको

त्रिशूलीमा खसेका एक यात्रुको शव नारायणीमा भेटियो 

काठमाडौं– चितवनको भरतपुर महानगरपालिका-२८ गोलाघाटस्थित नारायणी नदीमा एक व्यक्तिको शव