भारत-बङ्गलादेशबीचको सम्बन्ध विशेष : विदेश मन्त्री महमुद « Khabarhub

भारत-बङ्गलादेशबीचको सम्बन्ध विशेष : विदेश मन्त्री महमुद


२५ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– हाल भारतको आधिकारिक भ्रमणमा रहेका बङ्गलादेशका विदेशमन्त्री हसन महमुदले भारत आफ्नो नजिकको छिमेकी भएको उल्लेख गर्दै आफूहरूको सम्बन्ध विशेष भएको बताए। 

एएनआईसँग कुरा गर्दै विदेशमन्त्री महमुदले भारत बङ्गलादेशको छिमेकी मात्र नभई बङ्गलादेशको स्वतन्त्रता युद्धमा पनि महत्वपूर्ण सहयोगी भूमिका खेलेको कुरामा जोड दिए । 

महमुदले बङ्गलादेशकी  प्रधानमन्त्री शेख हसिनाले चुनावपछि  भारत भ्रमण गर्ने बताउँदै भारत–बङ्गलादेशका समस्याहरूको विस्तृत श्रृङ्खला रहेको बताए। उनले भने, ‘बङ्गलादेशको स्वतन्त्रता र स्वाधीनता प्राप्तिको आन्दोलनमा  भारतीय जनता तथा सेनासमेतले आफ्नो रगत बगाएकाले दुई राष्ट्रबीचको सम्बन्ध रगतले बाँधिएको बताउनुभएको छ ।’

आफ्ना भारतीय समकक्षी जयशंकरसँगको भेटमा बङ्गलादेशका विदेशमन्त्रीले सीमापार मुद्दाहरू, शक्ति साझेदारी, समन्वयलगायत सबै मुद्दाहरूमा छलफल गरेको  एएनआईलाई बताए।

यसअघि, बङ्गलादेशका विदेशमन्त्री महमुदले आफ्नो भारत भ्रमणले दुई  देशबीचको सम्बन्धलाई बलियो बनाउन योगदान पुर्‍याउने बताएका थिए । 

बङ्गलादेशका वा भारतीय मन्त्रीको बङ्गलादेशको कुनै पनि भ्रमणले द्विपक्षीय सम्बन्धलाई बलियो बनाउने उनको भनाइ रहेको छ ।

विदेशमन्त्री महमुदले राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि भेटवार्ता गरेका थिए । दुई नेताहरूले सुरक्षा सुनिश्चित गरी बाहिरी स्थिरता समेत कायम गर्न क्षेत्रीय सहयोग बढाउनका लागि मार्गहरू खोज्न छलफल भएको छ । 

प्रधानमन्त्रीका रूपमा लगातार चौथो कार्यकाल सुरक्षित गर्दै शेख हसिनाको ऐतिहासिक विजय प्राप्त गरी बङ्गलादेशको नयाँ सरकारमा शपथ लिएपछि महमुदको यो पहिलो विदेश भ्रमण हो । 

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार  ३ : ०० बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।