भारत-बङ्गलादेशबीचको सम्बन्ध विशेष : विदेश मन्त्री महमुद | Khabarhub Khabarhub

भारत-बङ्गलादेशबीचको सम्बन्ध विशेष : विदेश मन्त्री महमुद


२५ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– हाल भारतको आधिकारिक भ्रमणमा रहेका बङ्गलादेशका विदेशमन्त्री हसन महमुदले भारत आफ्नो नजिकको छिमेकी भएको उल्लेख गर्दै आफूहरूको सम्बन्ध विशेष भएको बताए। 

एएनआईसँग कुरा गर्दै विदेशमन्त्री महमुदले भारत बङ्गलादेशको छिमेकी मात्र नभई बङ्गलादेशको स्वतन्त्रता युद्धमा पनि महत्वपूर्ण सहयोगी भूमिका खेलेको कुरामा जोड दिए । 

महमुदले बङ्गलादेशकी  प्रधानमन्त्री शेख हसिनाले चुनावपछि  भारत भ्रमण गर्ने बताउँदै भारत–बङ्गलादेशका समस्याहरूको विस्तृत श्रृङ्खला रहेको बताए। उनले भने, ‘बङ्गलादेशको स्वतन्त्रता र स्वाधीनता प्राप्तिको आन्दोलनमा  भारतीय जनता तथा सेनासमेतले आफ्नो रगत बगाएकाले दुई राष्ट्रबीचको सम्बन्ध रगतले बाँधिएको बताउनुभएको छ ।’

आफ्ना भारतीय समकक्षी जयशंकरसँगको भेटमा बङ्गलादेशका विदेशमन्त्रीले सीमापार मुद्दाहरू, शक्ति साझेदारी, समन्वयलगायत सबै मुद्दाहरूमा छलफल गरेको  एएनआईलाई बताए।

यसअघि, बङ्गलादेशका विदेशमन्त्री महमुदले आफ्नो भारत भ्रमणले दुई  देशबीचको सम्बन्धलाई बलियो बनाउन योगदान पुर्‍याउने बताएका थिए । 

बङ्गलादेशका वा भारतीय मन्त्रीको बङ्गलादेशको कुनै पनि भ्रमणले द्विपक्षीय सम्बन्धलाई बलियो बनाउने उनको भनाइ रहेको छ ।

विदेशमन्त्री महमुदले राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि भेटवार्ता गरेका थिए । दुई नेताहरूले सुरक्षा सुनिश्चित गरी बाहिरी स्थिरता समेत कायम गर्न क्षेत्रीय सहयोग बढाउनका लागि मार्गहरू खोज्न छलफल भएको छ । 

प्रधानमन्त्रीका रूपमा लगातार चौथो कार्यकाल सुरक्षित गर्दै शेख हसिनाको ऐतिहासिक विजय प्राप्त गरी बङ्गलादेशको नयाँ सरकारमा शपथ लिएपछि महमुदको यो पहिलो विदेश भ्रमण हो । 

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार  ३ : ०० बजे

प्रहरीले भन्यो- रविलाई दुर्व्यवहार भएको छैन, कार्यकर्ता र समर्थकले भ्रम छरे

पोखरा- जिल्ला प्रहरी कार्यालय कास्कीले पूर्वगृहमन्त्री रवि लामिछानका नेता कार्यकर्ता

जीवनलाई सहज बनाउन एआईको उपयोगमा प्रधानमन्त्रीको जोड 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान र प्रविधिको उपयोग जीवनलाई

चिनियाँ वैज्ञानिक विङडिङलाई पर्यटनमन्त्री पाण्डेको सम्मान

काठमाडौं-संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले गणतन्त्र चीनका विश्वविख्यात

हतियार नचलाए पनि बिसाउन लगाउन जानेका छौँ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले हतियार नचलाए पनि कसरी

उसुको थाउलो विश्वकपमा नेपाललाई कांस्य पदक

काठमाडौं– उसुको थाउलो विश्वकपमा नेपालले कांस्य पदक प्राप्त गरेको छ