तातोपानीद्वारा हिउँदे गाउँसभाबाट आठ विधेयक पारित « Khabarhub

तातोपानीद्वारा हिउँदे गाउँसभाबाट आठ विधेयक पारित


२५ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लाको तातोपानी गाउँपालिकाले चौधौँ हिउँदे गाउँसभाबाट आठवटा विधेयक पारित गरेको छ । आज भएको हिउँदे गाउँसभाले कार्यालयको काम, कारबाहीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न आठवटा ऐन, नियमावली, कार्यविधि र मापदण्ड निर्माण गरी पारित गरेको हो ।

पारित भएका विधेयकमध्ये भू–उपयोग कार्यान्वयन कार्यविधि, २०८०, भूमि व्यवस्थापन ऐन, दिवाखाजा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि, एमबिबीएस अध्ययन छात्रवृत्तिसम्बन्धी कार्यविधि, गरिबी निवारण कोष व्यवस्थापन कार्यविधि, तातोपानी गाउँपालिकाको नक्सा पाससम्बन्धी कार्यविधि, सडक आश्रित सहयोगापेक्षी मानव उद्धार पुनःस्थापना तथा व्यवस्थापन कार्यविधि र स्थानीय तह युवा विकास समिति नियमावली कार्यविधि पास भएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईँले जानकारी दिए।

विभिन्न समयमा प्राकृतिक प्रकोप, भूकम्प बाढीपहिरोलगायत अन्य कारणले बर्सेनि भौतिक संरचनाको क्षति हुँदै आएकाले सो कुरालाई मध्यनजर गर्दै चालु आवदेखि पालिकाको सम्पूर्ण घरका लागि बीमा कार्यक्रम सुरु गरी हालसम्म आठ सय घरधुरी घरबीमा कार्यक्रमबाट लाभान्वित भएका गाउँपालिका उपाध्यक्ष रेवती रावलले बताए।

गाउँपालिकाले चालु आवमा गाउँसभामार्फत पुँजीगत र चालु शीर्षकमा कुल रु ५५ करोड ६० लाख २५ हजार बराबरको बजेट ल्याएको थियो । जसमा पूँजीगततर्फ रु १८ करोड १९ लाख ५६ हजार बजेट विनियोजित भएको थियो । 

चालु आवको साउनदेखि माघसम्मको सात महिनामा पुँजीगत बजेटको रु दुई करोड ६८ लाख ५३ हजार गरी कुल बजेटको १४ दशमलव ७५ प्रतिशत खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले जानकारी दिए। उनका अनुसार चालुतर्फ रु ३७ करोड ४० लाख ६९ हजारमध्ये रु १४ करोड ७३ लाख पाँच हजार गरी कुल चालु बजेटको ३९ दशमलव ३७ प्रतिशत खर्च गर्न भएको छ ।

सातवटा ठूला ठेक्कामार्फत सञ्चालन हुने आयोजना पालिकाले सम्झौता गरी काम अगाडि बढाएको अध्यक्ष चौलागाईँले बताए। उनका अनुसार पालिकाका आठवटै वडामा सञ्चालन हुने वित्तीय समानिकरण अनुदानअन्तर्गतका जम्मा ७६ आयोजना तथा कार्यक्रममध्ये ६१ वटाको सम्झौता सम्पन्न गरी करिब ८० प्रतिशत उपलब्धि हासिल भएको छ । 

प्रदेश सरकार सशर्त अनुदान शीर्षकअन्तर्गत १७ मध्ये १० वटाको सम्झौता कार्य सम्पन्न भएको छ । समपूरक र विशेष अनुदान शीर्षकका तीनवटा योजना सम्झौता गरी काम सञ्चालनका लागि अघि बढेको गाउँपालिका अध्यक्ष चौलागाईँले जानकारी दिए। 

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार  ४ : ०९ बजे

पच्चीस लाख ठगेको अभियोगमा पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै

मकवानपुरको मनहरीमा प्रहरी र लागूऔषध सेवनकर्ताबीच झडप

बागमती– मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागूऔषध सेवनकर्ताले आक्रमण गर्दा एक

आरनको भरमा लुहार दम्पतीको जीविका

कञ्चनपुर– बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर

नयाँ सरकारको प्राथमिकतामा वातावरण र जलवायु हुनुपर्छ: नेता गुरुङ

काठमाडौँ – नेपाली कांग्रेसका नेता कल्याण गुरुङले मुलुकमा अब बन्ने

खाडी तनावले नेपाली श्रमिक त्रासमा छन् : शंकर पोखरेल

काठमाडौँ – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले खाडी क्षेत्रमा