विलियम्सनद्वारा आफ्नो अभियान अन्त्य गरेको घोषणा « Khabarhub

विलियम्सनद्वारा आफ्नो अभियान अन्त्य गरेको घोषणा


२५ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– अमेरिकी लेखिका मारिअन विलियम्सनले आफ्नो सन् २०२४ को राष्ट्रपतीय निर्वाचन अभियान अन्त्य गरेका छन् । 

डेमोक्र्याट सांसद विलियम्सनले युट्युब भिडियोमार्फत आफ्नो पछिल्लो धारणा व्यक्त गर्दै भने, ‘राष्ट्रपतिका लागि मेरो अभियान स्थगित गर्ने समय आएको छ ।’

विलियम्सनको बहिर्गमनसँगै अमेरिकी सांसद डीन फिलिप्स डेमोक्र्याटिक पार्टीको तर्फबाट वर्तमान राष्ट्रपति जो बाइडेनका लागि एक मात्र प्रतिद्वन्द्वी बनेकी छन् । उनले न्यू ह्याम्पसायर र नेभाडा प्राइमरीमा सहज जित हासिल गरिसकेका छन् । 

अमेरिकाका पूर्वराष्ट्रपति तथा रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पले रिपब्लिकन पार्टीको आयोवा ककस र न्यू ह्याम्पसायरको प्राइमरीमा विजय हासिल गरेका छन् । 

अमेरिकी राष्ट्रपतिको प्राइमरी निर्वाचन जुन महिनासम्म चल्नेछ । डेलिगेट्सले आधिकारिक रूपमा पार्टीको राष्ट्रपति पदका उम्मेदवार चयन गर्ने रिपब्लिकन नेशनल कन्भेन्सन जुलाईमा हुनेछ भने डेमोक्रेटिक नेशनल कन्भेन्सन अगस्टमा हुनेछ । 

दुबै दलबाट निर्वाचित नेता सन् २०२४ नोभेम्बर ५ मा हुने अमेरिकी राष्ट्रपतिको निर्वाचनका लागि योग्य हुनेछन् । 

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार  ४ : ४५ बजे

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ– बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा

पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

गण्डकी– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश 

काठमाडौं– सर्वोच्च अदालतले बैंक खाता खोल्न तथा अद्यावधिक गर्न राष्ट्रिय

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट

निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित भएपछि पार्टी कार्यालय पुगे विश्वप्रकाश

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित