चितवनको नारायणी किनारमा चियाको प्रदर्शनी हुने « Khabarhub

चितवनको नारायणी किनारमा चियाको प्रदर्शनी हुने


२५ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली चियाको आन्तरिक बजार प्रवर्द्धनको लागि राष्ट्रिय चिया प्रदर्शनी तथा टि टेस्टीङ्ग कार्यक्रम चितवनको नारायणगढ स्थित नारायणी नदी किनारमा हुने भएको छ ।

नेपालको चिया क्षेत्रमा काम गर्दै आएको सरकारी निकाय राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजना तथा उद्योग वाणिज्य संघ चितवन सह आयोजना भरतपुर महानगर पालिकाको प्रवर्द्धन र चिया क्षेत्रमा क्रियाशील विभिन्न संघ संस्थाहरूको सहकार्यमा उक्त प्रदर्शनी हुन लागेको हो ।

उक्त प्रदर्शनी माघ शुक्रबार र शनिबार गते हुने बिहीबार चितवनमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । स्वदेशमा उत्पादित चिया सेवन गरौँ स्वस्थ समृद्ध र आत्मनिर्भर बनौँ भन्ने मूल नाराका साथ नेपालमा उत्पादित चियाको देश भित्र नै खपत बढाउने र यसका फाइदाहरूको विषयमा जानकारी दिने उद्देश्यले प्रदर्शनीको आयोजना गरीएको नेपाल चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डाक्टर विष्णु प्रसाद भट्टराईले बताए ।

उनले नेपालका सम्पूर्ण चिया व्यवसायीहरूको प्रत्यक्ष उपस्थितिमा नेपालमा दोस्रो र चितवनमा पहिलो पटक आयोजना हुन गरिरहेको जानकारी दिए ।

प्रदर्शनीमा चियाका मुख्य जिल्लाहरू झापा इलाम धनकुटा तेह्रथुम भोजपुर सखुवासभा पाँचथर सिन्धुपाल्चोक ललितपुर कास्की देखि पश्चिम सम्मका उत्पादित चियाको करिब ३० वटा स्टलहरू रहने छन् भने १ सय भन्दा बढी चिया व्यवसायीहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार  ४ : ३९ बजे

इशान र अर्शदीप चम्किँदा न्युजिल्यान्डविरुद्ध भारतको शानदार जित

काठमाडौं – इशान किशनको विस्फोटक शतक र अर्शदीप सिंहको पाँच

‘टाइगर कप भलिबल’को उपाधि गण्डकी प्रदेशलाई

कास्की – पोखरामा सञ्चालन भएको छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय

भोला रिजालको शब्दमा ‘अन्धकार पन्छाएर’ बोलको गीत सार्वजनिक

काठमाडौं – प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको शब्द रचना

देश र जनताको हितमा काम गर्ने व्यक्तिलाई मात्रै संसद्मा पठाउनुपर्छः अध्यक्ष बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजक्छेँले संसद्मा

चलचित्र ‘जाँड’ले पायो पिजी सर्टिफिकेट

काठमाडौं – चलचित्र ‘जाँड’लाई केन्द्रीय चलचित्र जाँच समितिले सबैले हेर्न