चितवनको नारायणी किनारमा चियाको प्रदर्शनी हुने « Khabarhub

चितवनको नारायणी किनारमा चियाको प्रदर्शनी हुने


२५ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली चियाको आन्तरिक बजार प्रवर्द्धनको लागि राष्ट्रिय चिया प्रदर्शनी तथा टि टेस्टीङ्ग कार्यक्रम चितवनको नारायणगढ स्थित नारायणी नदी किनारमा हुने भएको छ ।

नेपालको चिया क्षेत्रमा काम गर्दै आएको सरकारी निकाय राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजना तथा उद्योग वाणिज्य संघ चितवन सह आयोजना भरतपुर महानगर पालिकाको प्रवर्द्धन र चिया क्षेत्रमा क्रियाशील विभिन्न संघ संस्थाहरूको सहकार्यमा उक्त प्रदर्शनी हुन लागेको हो ।

उक्त प्रदर्शनी माघ शुक्रबार र शनिबार गते हुने बिहीबार चितवनमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । स्वदेशमा उत्पादित चिया सेवन गरौँ स्वस्थ समृद्ध र आत्मनिर्भर बनौँ भन्ने मूल नाराका साथ नेपालमा उत्पादित चियाको देश भित्र नै खपत बढाउने र यसका फाइदाहरूको विषयमा जानकारी दिने उद्देश्यले प्रदर्शनीको आयोजना गरीएको नेपाल चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डाक्टर विष्णु प्रसाद भट्टराईले बताए ।

उनले नेपालका सम्पूर्ण चिया व्यवसायीहरूको प्रत्यक्ष उपस्थितिमा नेपालमा दोस्रो र चितवनमा पहिलो पटक आयोजना हुन गरिरहेको जानकारी दिए ।

प्रदर्शनीमा चियाका मुख्य जिल्लाहरू झापा इलाम धनकुटा तेह्रथुम भोजपुर सखुवासभा पाँचथर सिन्धुपाल्चोक ललितपुर कास्की देखि पश्चिम सम्मका उत्पादित चियाको करिब ३० वटा स्टलहरू रहने छन् भने १ सय भन्दा बढी चिया व्यवसायीहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार  ४ : ३९ बजे

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन