क्यानडाविरुद्ध नेपालको नाटकीय जित « Khabarhub

क्यानडाविरुद्ध नेपालको नाटकीय जित


२५ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


11.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालसँगको पहिलो एक दिवसीय क्रिकेटमा क्यानडा ७ रनले पराजित भएको छ । नाटकीय जित निकाल्ने क्रममा नेपालका  कप्तान रोहित पौडेलले ४ विकेट लिए ।

जित उन्मुख क्यानडाका निकोलस कीर्तनलाई नेपालका पवन सरार्फले ६८ रनमा आउट गरेपछि नेपाल खेलमा फर्किएको थियो । कीर्तन आउट हुनुअघि क्यानडा ६ विकेट गुमाएर १९५ रनको बलियो अवस्थामा थियो । त्यसपछिका ४ ब्याट्सम्यानले ३० रन जोड्न नसक्दा क्यानडा नेपालसँग पराजित हुन पुग्यो ।

नेपालको जितमा कप्तान रोहित नायक बने । उनले ८.२ ओभर बलिङ गर्दा २ मेडन ओभर फाल्दै २२ रन दिएर ४ विकेट लिए । ८ ओभर बलिङ गरेका ललित राजबंशीले ४१ रन दिएर २ विकेट लिए । पवन सर्राफ, सोमपाल काकी, रिजन ढकाल र कुशल मल्लले समान एक-एक विकेट लिए ।

क्यानडाका आरोन जोनसनले २०, नभनित दलिवाल ६, पर्गत सिंह ५०, निकालेसन कीर्तन ६८ र हर्स थकेरले ३२ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले मध्यम लक्ष्य खडा गरेको थियो ।

४८ रनमा पहिलो विकेट गुमाएको नेपालका लागि कुनै पनि ब्याट्सम्यानले राम्रो साझेदारी गर्न सकेनन् । नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गर्दा अरु ब्याटरले रन बनाउन सकेनन् ।

एकदिवसीय खेलमा सातौं अर्धशतक प्रहार गरेका कुशलले ५८ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै ६२ रन जोडे । आसिफ शेख ८ रनमा आउट हुँदा कप्तान रोहितकुमार पौडेलले पनि ८ रनभन्दा बढी बनाउन सकेनन् । भीम सार्की १७ रनमा आउट हुँदा कुशल मल्लले पनि २० रन मात्र बनाउन सके ।

आरिफ शेख ३८ रनमा आउट हुँदा पवन सर्राफ १५ रनमा पभेलिएन फर्किए । दोस्रो उच्च स्कोर बनाएका आरिफले ५० बलमा ४ चौका प्रहार गरे । २३ बलमा २ छक्का र १ चौका हानेका सोमपाल कामी २७ रनमा आउट भए ।

क्यानडाका उदय भगवानले ३ र सादबीन जफारले २ विकेट लिए । इश्वरजत सोही, साहिद अहमादजाइ र हर्स थाकिरले समान एक/एक विकेट लिए ।

नेपालले फागुन पहिलो साता आइसिसी विश्वकप लिग-२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्सविरुद्धको सिरिज खेल्नुअघि क्यानडासँग तीन खेलको एकदिवसीय सिरिज खेलेको हो ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार  ४ : ४० बजे

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध