दक्षिणपश्चिम पाकिस्तानमा विस्फोट : दुई सुरक्षाकर्मीको मृत्यु, आठ घाइते « Khabarhub

दक्षिणपश्चिम पाकिस्तानमा विस्फोट : दुई सुरक्षाकर्मीको मृत्यु, आठ घाइते


२५ माघ २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद– पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा बिहीबार दिउँसो भएको विस्फोटमा कम्तीमा दुई सुरक्षाकर्मीको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएको आधिकारिक स्रोतहरूले बताएका छन् ।

प्रान्तको खारान जिल्लाको लिजजय क्षेत्र नजिकै अर्धसैनिक बलको गाडीमा आक्रमण भएको सरकारी अधिकारीले सिन्ह्वालाई बताए । आम चुनावका लागि जिल्लामा रहेको मतदान केन्द्रको सुरक्षामा सुरक्षाकर्मीहरू तैनाथ गरिएको थियो ।

आक्रमणपछि उद्धार टोली प्रहरी र सुरक्षा बल घटनास्थलमा पुगी घाइतेहरूलाई नजिकैको अस्पतालमा लगेका थिए ।

स्थानीय प्रहरीले सडक किनारमा इम्प्रोभाइज्ड विस्फोटक उपकरण राखिएको र रिमोट–नियन्त्रित उपकरणले विस्फोट गरेको बताएको छ ।

समाचार तयार पार्दासम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन । 

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  ५ : १९ बजे

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको