चितवनमा लागूऔषधसहित एक जना पक्राउ « Khabarhub

चितवनमा लागूऔषधसहित एक जना पक्राउ


२५ माघ २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

चितवन । चितवनमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्ने कालिका नगरपालिका वडा नम्बर ४ वस्ने २६ वर्षीय सोनु महतो रहेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले कालिका नगरपालिका वडा नम्बर ४ पिपरिया टोल पदमपुर स्थित घरमा लागूऔषध लुकाई छिपाई सेवन, खरिद तथा बिक्री वितरण भइरहेको थाहा पाएपछि बुधबार साँझ उनलाई पक्राउ गरेको हो।

महतोको घरमा चेकजाँच गर्ने क्रममा प्रतिबन्धित लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ ४.८७ ग्राम, लागू औषध गाँजा १७२ ग्राम र लागूऔषध निट्राभेट २४ ट्याब्लेट तथा नगद ५ हजार तिन सय रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ।

यस सम्बन्धमा प्रहरीले उनलाई नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  ८ : ३८ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ