मोटरसाइकल दुर्घटनामा परी २२ वर्षीय युवकको मृत्यु « Khabarhub

मोटरसाइकल दुर्घटनामा परी २२ वर्षीय युवकको मृत्यु


२५ माघ २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

उदयपुर । उदयपुरमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको ज्यान गएको छ। दुर्घटनामा थप एक जना घाइते भएका छन्।

बिहीबार मदन भण्डारी राजमार्गको गाईघाट–बेल्टार सडकखण्डअन्तर्गत त्रियुगा नगरपालिका–१३ असारीमा प्रदेश १–०५–००१–४०८५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्रियुगा नगरपालिका–११ पुरानो पेट्रोलपम्पका २२ वर्षीय किरण कटुवालको ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी हरिनन्द चौधरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका कटुवालको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

मृतक कटुवालसँगै मोटरसाइकलपछाडि सवार त्रियुगा–१० बाँसबारीका २१ वर्षीय सुनील दाहाल घाइते भएका छन्। उनको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  ९ : ०० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया