मोटरसाइकल दुर्घटनामा परी २२ वर्षीय युवकको मृत्यु | Khabarhub Khabarhub

मोटरसाइकल दुर्घटनामा परी २२ वर्षीय युवकको मृत्यु


२५ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

उदयपुर । उदयपुरमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको ज्यान गएको छ। दुर्घटनामा थप एक जना घाइते भएका छन्।

बिहीबार मदन भण्डारी राजमार्गको गाईघाट–बेल्टार सडकखण्डअन्तर्गत त्रियुगा नगरपालिका–१३ असारीमा प्रदेश १–०५–००१–४०८५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्रियुगा नगरपालिका–११ पुरानो पेट्रोलपम्पका २२ वर्षीय किरण कटुवालको ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी हरिनन्द चौधरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका कटुवालको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

मृतक कटुवालसँगै मोटरसाइकलपछाडि सवार त्रियुगा–१० बाँसबारीका २१ वर्षीय सुनील दाहाल घाइते भएका छन्। उनको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार  ९ : ०० बजे

प्रधानमन्त्रीबाट भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्‌घाटन

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा

टिमुरे भन्सारमा गाडीको बिजोक (तस्बिरहरू) 

काठमाडौं – रसुवा जिल्लास्थित नेपाल-चीन सीमानामा रहेको ल्हेन्दे खोलामा यही

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो