एकीकृत समाजवादीले चैत मसान्तसम्म सदस्यता नवीकरण गर्ने « Khabarhub

एकीकृत समाजवादीले चैत मसान्तसम्म सदस्यता नवीकरण गर्ने


२५ माघ २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठकले आगामी जेठमा हुने महाधिवेशनका लागि आगामी वैशाख १५ देखि २२ गतेसम्म प्रतिनिधि चयन गर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको बैठकले आगामी चैत मसान्तसम्म पार्टी सदस्यता नवीकरण, अध्यावधिक तथा विस्तार गरिसक्ने निर्णय गरेको पार्टी उपमहासचिव एवं केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

आगामी फागुन मसान्तसम्म दस्तावेज तयार गर्ने निर्णय गरेको बैठकले आसन्न महाधिवशेनमा सदस्यता, नवीकरण, सङ्गठन विस्तारलगायतको कामको प्रकृतिका आधारमा १० जिल्लालाई सम्मान गर्ने निर्णय गरेको छ ।

बैठकले सङ्गठन सुदृढिकरणको अभियान दुई महिना (चैत २५ गते) सम्म सञ्चालन गर्ने निर्णय गरेको छ । अभियानअन्तर्गत सङ्गठन सुदृढीकरण, सदस्यता वितरण, राजनीतिक तथा सामाजिक गतिविधिको अभिलेखीकरण, प्रशिक्षणलगायत कार्यक्रम गरिने छन् । महाधिवेशनका लागि पार्टीले तल्लो कमिटीका सुझाव समावेश गरी विधान संशोधन गरिसकेको छ ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  ९ : ३७ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका