बागमती प्रदेशसभाको हिउँदे अविधेशन आह्वान नहुँदा असन्तुष्टि « Khabarhub

बागमती प्रदेशसभाको हिउँदे अविधेशन आह्वान नहुँदा असन्तुष्टि


२५ माघ २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

मकवानपुर । चार महिनादेखि प्रदेशसभा बैठक बस्न नसकेको भन्दै बागमती प्रदेशसभामा प्रदेशसभा सदस्यहरुले असन्तुष्टि व्यक्त गरेका छन् । गत असोज २२ गते दुई वटा विधेयक पास गरेपछि स्थगित भएको बागमती प्रदेशसभा बैठक चार महिना हुन लाग्दा पनि सञ्चालन हुन सकेको छैन ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता जगन्नाथ थपलियाले आज विज्ञप्ति गर्दै हिउँदे सकिन लाग्दा पनि हिउँदे अधिवेशन आह्वान नभएकोमा असन्तुष्टि जनाएका छन् । पहिलो कार्यकालमा ४३ वटा मूल ऐन बनाएको प्रदेशसभाको दोस्रो कार्यकालको सन्तोषजकन नभएको उनको भनाइ थियो ।

प्रदेश सरकार सञ्चालन गर्न कम्तीमा सय वटा ऐन आवश्यक पर्ने पहिचान भएकोमा हालसम्म ४६ वटा मात्र ऐन बनेको थपलियाले बताए । दोस्रो कार्यकालको एक वर्ष बितिसक्दा प्रदेशसभाको जम्मा ५६ वटा बैठक बसेको छ । थपलियाले भने, “ऐन निर्माणमा सन्तोषजनक काम हुन सकेको छैन । आर्थिक वर्षको दोस्रो चौमासिक पूरा हुन लाग्दा पनि हालसम्म सरकारले नौ प्रतिशतभन्दा बढी विकास बजेट खर्च गर्न सकेको छैन ।”

राप्रपाका संसदीय दलका नेता उद्धव थापाले पनि सरकारले सरकारले यसअघि गरेको सम्झौता कार्यान्वयन नगरेको बताए । उनले भने, “सरकारले प्रतिपक्षीलाई दोष देखाएर अगाडि बढ्न खोजिरहेको छ । ।”

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  १० : १८ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई