बागमती प्रदेशसभाको हिउँदे अविधेशन आह्वान नहुँदा असन्तुष्टि « Khabarhub

बागमती प्रदेशसभाको हिउँदे अविधेशन आह्वान नहुँदा असन्तुष्टि


२५ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

मकवानपुर । चार महिनादेखि प्रदेशसभा बैठक बस्न नसकेको भन्दै बागमती प्रदेशसभामा प्रदेशसभा सदस्यहरुले असन्तुष्टि व्यक्त गरेका छन् । गत असोज २२ गते दुई वटा विधेयक पास गरेपछि स्थगित भएको बागमती प्रदेशसभा बैठक चार महिना हुन लाग्दा पनि सञ्चालन हुन सकेको छैन ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता जगन्नाथ थपलियाले आज विज्ञप्ति गर्दै हिउँदे सकिन लाग्दा पनि हिउँदे अधिवेशन आह्वान नभएकोमा असन्तुष्टि जनाएका छन् । पहिलो कार्यकालमा ४३ वटा मूल ऐन बनाएको प्रदेशसभाको दोस्रो कार्यकालको सन्तोषजकन नभएको उनको भनाइ थियो ।

प्रदेश सरकार सञ्चालन गर्न कम्तीमा सय वटा ऐन आवश्यक पर्ने पहिचान भएकोमा हालसम्म ४६ वटा मात्र ऐन बनेको थपलियाले बताए । दोस्रो कार्यकालको एक वर्ष बितिसक्दा प्रदेशसभाको जम्मा ५६ वटा बैठक बसेको छ । थपलियाले भने, “ऐन निर्माणमा सन्तोषजनक काम हुन सकेको छैन । आर्थिक वर्षको दोस्रो चौमासिक पूरा हुन लाग्दा पनि हालसम्म सरकारले नौ प्रतिशतभन्दा बढी विकास बजेट खर्च गर्न सकेको छैन ।”

राप्रपाका संसदीय दलका नेता उद्धव थापाले पनि सरकारले सरकारले यसअघि गरेको सम्झौता कार्यान्वयन नगरेको बताए । उनले भने, “सरकारले प्रतिपक्षीलाई दोष देखाएर अगाडि बढ्न खोजिरहेको छ । ।”

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार  १० : १८ बजे

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई सास्ती

चितवन- निरन्तरको भारी वर्षासँगै मुख्य राजमार्गमा पहिरो खसेपछि काठमाडौँतर्फ जाँदै गरेका

अर्थमन्त्री, गृहमन्त्री र पर्यटनमन्त्रीले एयरपोर्ट पुगेर गरे प्रधानमन्त्रीको स्वागत

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै

नयाँ बसपार्कमा लामो दूरीका बस थन्किए (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा लामो दूरीका बस थन्किएका छन्। निरन्तरको

मूलपानी–बोडे जोड्ने मनोहरा पुलमा आवतजावत बन्द

काठमाडौं– काठमाडौंको मूलपानी र भक्तपुरको बोडे जोड्ने मनोहरा खोलाको पुलमा

पहिरोका कारण कोरला सडक अवरुद्ध

मुस्ताङ– लगातार परेको वर्षाका कारण जोमसोम–कोरला सडक आजदेखि अवरुद्ध भएको