अल रइदसँग अल नासर पराजित « Khabarhub

अल रइदसँग अल नासर पराजित


२५ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साउदी प्रो लिग अन्तर्गत अल नासर पराजित भएको छ ।

गएराती सम्पन्न खेलमा अल रइदले अल नासरमाथि ३-१ गोलको शानदार जित हासिल गरेको हो ।

अल रइदको जितमा क्रिम एल बेर्काओउइ, मोहमद फोउजैर र अमिर सयोउदले एक एक गोल गरेका थिए । त्यसैगरी अल नासरका लागि एक गोल आइम्यान याहयाले फर्काएका थिए ।

यो अल नासरको लगातार दोस्रो हार हो । यस अघि एसियन च्याम्पियन्स लिग अन्तर्गतको खेलमा अल ऐनसँग -० को हार बेहोरेको थियो ।

यो हारपछि अल नासरको लिगमा २३ खेलमा ५३ अंक रहेको छ र शिर्ष स्थानमा रहेको अल हिलालभन्दा ९ अंकले पछाडि रहेको छ । यद्यपि अल हिलल एक खेल कम खेलेको छ ।

त्यसैगरी अल रइदको यो जितपछि २३ खेलमा २३ अंक भएको छ र लिगमा १३औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार  ७ : ४२ बजे

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ क्षेत्रमा सिँचाइ

काठमाडौँ– राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको