एमाले बैठक : अरु दललाई पनि सरकारमा आउन आग्रह « Khabarhub

एमाले बैठक : अरु दललाई पनि सरकारमा आउन आग्रह


२५ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेले नयाँ सत्ता समीकरण सकारात्मक रहेको ठहर गर्दै यस प्रक्रियालाई समर्थन गर्न अन्य राजनीति दललाई आग्रह गरेको छ ।

पार्टी कार्यालय च्यासलमा शुक्रबार बसेको एमाले सचिवालय बैठकले जनताको निराशालाई आशामा बदल्ने, मुलुकको राष्ट्रिय हित र स्वाभिमानलाई उचा बनाउने, विकास र समृद्धिका कामलाई तीव्रता दिने सन्दर्भमा नयाँ सहकार्यलाई फलदायी बनाउने निष्कर्ष निकालेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

महासचिव पोखरेलले विकास र समृद्धिका कामलाई तिव्रता दिन नयाँ सहकार्य महत्वपूर्ण हुने जिकिर गरे ।

बैठकले राजनीतिक स्थायित्वका लागि प्रधानमन्त्रीसँग नयाँ सहकार्य गरेकोले यसलाई फलदायी बनाउनुपर्ने निष्कर्ष निकालेको छ ।

त्यस्तै बैठकमा पार्टी स्थापनाको ७५ औं वर्षगाँठमा सन्दर्भमा आगामी वैशाख १० गते आयोजना गर्न लागेको विशेष समारोहको तयारीका बारेमा छलफल भएको उनले बताए । त्यसअघि बैशाख ८ र ९ गते महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आयोजना गर्ने निर्णय भएको महासचिव पोखरेलले जानकारी दिए । 

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार  १२ : २५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको