चलचित्र ‘अञ्जिला’को फस्ट लुक पोस्टर सार्वजनिक « Khabarhub

चलचित्र ‘अञ्जिला’को फस्ट लुक पोस्टर सार्वजनिक


२५ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


16.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय महिला फुटबल टिमकी गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित कथामा बनेको फिल्म ‘अञ्जिला’को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ । चलचित्रका निर्देशक मिलन चाम्सले पोस्टर सार्वजनिक गर्दै छिट्टै प्रदर्शन मिति घोषणा गर्ने बताए ।

पोस्टरमा अञ्जिला र अभिनेता दयाहाङ राईलाई स्थान दिइएको छ । पोस्टरबाट अञ्जिलाको ग्रामीण जीवनदेखि खेल मैदानसम्मको यात्रा चलचित्रमा रहेको अनुमान गर्न सकिन्छ । अभिनेता राईको भूमिकाबारे भने पोस्टरले केही बोलेको छैन ।

अञ्जिलाकै जन्मथलो इलामको आइतबारसहित झापा र काठमाडौँमा यस चलचित्रको छायाङ्कन भएको छ । यो चलचित्रमा अञ्जिला स्वयंको मुख्य भूमिका रहेको छ । उनीसँगै यसमा दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराललगायतको पनि अभिनय रहनेछ । फिल्मका निर्माता प्रेमकुमार श्रेष्ठको पनि यस चलचित्रमा प्रमुख भूमिका रहेको छ ।

अञ्जिला संघर्षमा आधारित कथा भए पनि उनको बायोपिक नभएको चलचित्र निर्देशक चाम्सले स्पष्ट पारेका छन् । उनले भने,  ‘७५ प्रतिशत अञ्जिलाकै जीवनी हुने तर बायोपिक भने होइन ।’

मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा बनेको यस चलचित्रका सह-निर्माता विनोद अग्रवाल र राजेश बगडिया हुन् । चलचित्रका सम्पादकको जिम्मेवारीमा मिलन श्रेष्ठ छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार  १ : २१ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ