टेवानकी अध्यक्ष गिरी गण्डकी प्रदेश सरकारबाट सम्मानित  « Khabarhub

टेवानकी अध्यक्ष गिरी गण्डकी प्रदेश सरकारबाट सम्मानित 


२५ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पर्यटन व्यवसायी महिला संघ, नेपाल (टेवान)की अध्यक्ष कमला गिरी गण्डकी प्रदेश सरकारबाट उत्कृष्ट महिला व्यवसायीका रूपमा सम्मानित भएकी छन् ।

शुक्रबार अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले टेवानकी अध्यक्ष गिरीलाई पर्यटन विधातर्फ उत्कृष्ट महिला व्यवसायीका रूपमा पचास हजार रुपैयाँ नगदसहित सम्मान गरेको हो ।

पोखराको पर्यटन प्रवर्द्धनमा उल्लेखनीय भूमिका खेल्दै पर्यटन क्षेत्रका महिलाहरूको हक, अधिकार र क्षमता अभिवृद्धि गर्नुका साथै सामाजिक रूपान्तरणमा पनि योगदान गरेको भन्दै गण्डकी प्रदेश सरकारले गिरीलाई सम्मान गरेको हो ।

नाट्टा गण्डकी प्रदेशकी उपाध्यक्षसमेत रहेकी गिरी टेवानको अध्यक्ष बनेपछि पोखरामा पर्यटन प्रवर्द्धन तथा महिला पर्यटन व्यवसायीको क्षमता अभिवृद्धिका लागि निरन्तर काम गर्दै आएकी छन् ।

गण्डकी प्रदेश सरकारले अन्तर्राष्ट्रिय नारी दिवसका दिन उत्कृष्ट महिला व्यवसायीका रूपमा सम्मान गरेपछि उत्साहित बनेकी टेवानकी अध्यक्ष गिरीले संक्षिप्त प्रतिक्रिया दिँदै भनिन्, ‘यो सम्मानले नेपालभर रहेका पर्यटन व्यवसायी महिलासँग मिलेर पर्यटन प्रवर्द्धनमा थप जिम्मेवार भएर काम गर्न प्रेरित गरेको छ ।’

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार  ४ : ४९ बजे

महाकालीको भत्किएको झोलुङ्गे पुल पुनर्निर्माण गर्न लेखकको सरकारसँग आग्रह

कञ्चनपुर– नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक महाकाली नदीमाथिको

नेपाल विज्ञापन संघद्वारा ‘कृति इग्नाइट’मार्फत १३औँ कृति अवार्ड्सको उद्घाटन

काठमाडौं– नेपाल विज्ञापन संघ (आन) ले आयोजना गरेको रेडबुल १३औँ 

नेकपा केन्द्रीय संयोजन समितिको बैठक

काठमाडाैँ– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय संयोजन समितिको बैठक जारी

एआईजी दाहालले संवेदनशील सूचना चुहाएको पुष्टि : गृहमन्त्रीको हातमा पुगेको छानविन प्रतिवेदनमा के छ ?

काठमाडौँ – सशस्त्र प्रहरी बलका निलम्बित प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)

हिल्सा नाका बन्द हुँदा सीमा क्षेत्रका नेपाली प्रभावित

हुम्ला– चीनसँगको सीमानाका हिल्सा लामो समयदेखि बन्द हुँदा सीमा क्षेत्रमा